Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत


२८, साउन २०८०
  • 221
    SHARES
  • अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ । 

    विश्व अङ्ग प्रत्यारोपण दिवसको अवसरमा लिभर फाउण्डेशन नेपालद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो, “पैसा नभएकै कारण उपचार नपाएर कुनै पनि व्यक्ति मर्नु पर्दैन, त्यसको जिम्मा म लिन्छु, राज्यले लिन्छ, हामी निजी वा सरकारी जुनसुकै अस्पतालमा पनि १० प्रतिशत शय्यासहित निःशुल्क गर्ने कुरा अहिले कार्यान्वयन भइरहेको छ ।”

    सो निःशुल्क व्यवस्था लागु भएको दुई/तीन महिनाको अवधिमा सयौँ बिरामीले छुटका साथ उपचार गराइसकेको उहाँको भनाइ छ । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएको बताउँदै उहाँले सरकारी विद्यालय र सरकारी अस्पताललाई सुधार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले अहिले बिहान ८ बजेदेखि वीर अस्पताललगायत सरकारी अस्पतालमा ओपीडी सेवा सुरु भएको बताउँदै अहिले वीर अस्पतालमा सात सय जनरल शय्या निःशुल्क गरिएको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “देशभरिमा १६ वटा सङ्घीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले शय्या निःशुल्क भएको छ, तीन हजार पाँच सय २३ जनरल शय्या अहिले स्वास्थ्य मन्त्रालयको अनुरोधमा निःशुल्क भएको छ, मधेस र बागमती प्रदेशमा पनि जनरल शय्या पूर्णरूपमा निःशुल्क गरिसकेको छ ।”

    उहाँले सीमित स्रोत साधनका बाबजुद पनि धेरै ठाउँका स्वास्थ्य केन्द्रले आफ्नो काममा सुधार गर्दै लगेको बताउँदै मिर्गौला प्रत्यारोपणकै सवालमा सम्भव भएका सबै ठाउँमा ‘राइट म्यान राइट पोष्ट’को अवधारणा सुरु गरेको जानकारी दिनुभयो । “स्वास्थ्य क्षेत्र अरू जस्तो भौतिक संरचना बनाएर विकास गरेर हिँड्ने मात्रै क्षेत्र होइन, यो मानवीय संवेदना जोडिएको ठाउँ हो, हाम्रो सानो गल्तीले मानिसको जीवन बर्बाद हुन्छ, त्योसँग आश्रित सबैको जीवन बर्बाद हुन्छ, तर राम्रो काम गरियो भने एउटा मानिस बच्न सक्छ, डाक्टर भगवानरूपी पनि हुन सक्छन्”, उहाँले भन्नुभयो । 

    नेपालका अति विशिष्ट र विशिष्ट व्यक्तिको उपचार नेपालै गर्नुपर्ने उद्देश्यअनुसार १७ वरिष्ठ चिकित्सकको समूह बनाएर अध्ययन सुरु गरिएको उहाँको भनाइ छ । 

    पूर्वसभामुख तारानाथ रानाभाटले समग्र स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सरकारलाई आग्रह गर्नुभयो । फाउण्डेशनका अध्यक्ष उमेशजङ्ग रायमाझीले कलेजोसँग सम्बन्धित रोगको निम्ति पनि सरकारले छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend