Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विदेशको सीप स्वदेशमा लगाउँदै गमबहादुर


२९, साउन २०८०
  • 226
    SHARES
  • विदेशको सीप स्वदेशमा लगाउँदै गमबहादुर

    बागलुङ । रोजगारीका लागि कोरिया जानुभएका गमबहादुर कुँवरले बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो ।

    पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उहाँले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाल्नुभयो । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फारम सञ्चालन गरेर मनग्य आम्दानी मात्रै गर्नुभएको छैन अध्ययन अवलोकनका लागि विभिन्न मानिससमेत भित्र्याइरहनुभएको छ । 

    “ज्यमिरे गाउँमा ८० घर छन् तर ४० घरमा मानिस बस्दैनन् धेरैले गाउँ छोडेर खेतबारी बाँझै छोडेर गए, मलाई त्यही बाँझो बारीले बाख्रापालन गर्न सघाएको छ”, उहाँले भन्नुभयो, “चार सय रोपनी जग्गा आफ्नै छ, गाउँलेको खेतबारी र वनको एक हजार दुई सय रोपनी जग्गाको घाँस काट्छु, घाँसमा आधारित भएर बाख्रापालन गर्दा आधा नाफा हुँदो रहेछ, गत वर्ष रु ९० लाखको बोका, बाख्रा र पाठापाठी बिक्री गरे, रु ४५ लाख नाफै भयो, बसाइँसराईले उजाडिएको ज्यामिरे गाउँ हरियाली भएको छ, चार/पाँच  घर त मैले फारमकै लागि प्रयोग गर्दै आएको छु ।”

    वि.सं २०७४ मा १०  बाख्राबाट उहाँले सुरु गरेको बाख्रापालन अहिले पहाडी जिल्लामै नमूना बाख्रा फारमको रुपमा लिइएको छ । उहाँको साहारा बाख्रा फारममा अहिले चार सय बोका, बाख्रा र पाठापाठी रहेका छन् । आठ ब्लकमा छुट्टाछुट्टै आधुनिक बाख्राको खोर रहेको जनाउँदै व्यवसायी कुँवरले अहिले एक सय ६० माउ मात्रै ब्याउने रहेको जानकारी दिनुभयो । 

    दुई आधुनिक खोरमा ब्याउने बाख्रा, केही खोरमा पाठापाठीसहितका बाख्रा, तीन  खोरमा पाठापाठी र तीन  खोरमा बिक्रीका लागि तयारी बोका राखिएका छन् । अहिले ५० बोका बिक्रीका लागि तयारी हुन लागेको उहाँको भनाइ छ । 

    कुँवरकै नेतृत्वमा गलकोट नगरपालिकाका ११ वडा समेटिएको बाख्रा पकेट क्षेत्रसमेत घोषणा गरिएको छ । गत वर्षनै ३१  बाख्रा फार्र्मका लागि खोर सुधार योजनाअन्तर्गत रु एक÷एक लाखका दरले अनुदान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत वितरण गरिएको छ । 

    यस वर्ष भने बोका बिक्री थोरै हुने जनाउँदै उहाँले ६० बाख्राको एकैसाथ गर्भ तुइएकाले समस्या भएको सुनाउनुभयो । “यस वर्ष जम्मा रु सात लाखको बोका बाख्रा बिक्री गरेँ, यस वर्ष समग्रमा रु ४० लाखको कारोबार गर्न मुस्किल छ, किसानलाई यस्तो समयमा फारममा धान्नै समस्या हुन्छ, ६०  बाख्राको गर्भ नतुइएको भए अहिले पाँच सय बढी बाख्रा–पाठा हुन्थे”, 

    उहाँले भन्नुभयो, “अहिले निकै अनुभव भइसक्यो, हटियाको मासु पसल बन्द गरेर अहिले घरमै मासु पसल सञ्चालनमा ल्याएको छु, १० केजीभन्दा माथि खसी तथा बोकाको मासु अर्डर भएमा घरमै पुर्‍याइदिन्छु, दाना खरिद गर्न, बोकाको बजारीकरण गर्न र घाँस बोक्नको लागि आफ्नै पिकअप जीपसँगै १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छु ।”

    उहाँले बाख्रापालन व्यवसायसँगै कामदार परिचालन गरेर एक हजार कागतीका बिरुवा, दुई सय ६१ ओखर र ४० सुन्तलाका बिरुवा यस वर्ष नै रोपेको बताउनुभयो । कुँवरले ४० रोपनी जग्गामा मात्रै खुर्सानी खेती गर्दै आएको सुनाउनुभयो । दश जना कामदारले घाँस काट्नेदेखि मासुको बजारीकरण गर्दै आएको र बचत भएको समयमा कागती, सुन्तला बगैँचा र खुर्सानी खेतीको काम गर्दै आएका छन् । 

    व्यवसायी कुँवरले रु १५ देखि २० हजारका दरले मासिक तलब दिएर स्थानीय १० युवालाई बाख्रा फार्र्ममा प्रत्यक्ष रोजगारी दिँदै आउनुभएको छ । उहाँले यो फारममा विस्तार भएर अहिलेको अवस्थामा आउनुमा नेपाल सरकारको ब्याजमा अनुदानसहितको ऋणको ठूलो भूमिका रहेको बताउनुभयो । “रु एक करोड जम्मा तीन प्रतिशत ब्याजमा ऋण लिएको थिए, अहिले मासिक रु एक लाख ५३ हजार किस्ता तिर्छु”, उहाँले भन्नुभयो, “फारम विस्तारको आधार यही ब्याज अनुदानको ऋण बन्यो, अहिले ऋणसमेत आधा घटाइसकेको छु ।”

    कुँवरका भाइ विष्णु समेत कोरियाबाट फर्केर बाख्रापालनमा सघाए पनि अहिले लोकसेवा तयारीको लागि काठमाडौँमा हुनुहुन्छ । कुँवरले आफ्नो फार्र्मलाई ‘फार्मस्टे’को रुपमा विस्तार गर्ने लक्ष्य लिनुभएको छ । पर्यटकलाई आफ्नै फारमको तयारी खसी तथा बोकाको मासु खुवाइँदै त्यही बास बसाउने गरी फार्मस्टे बनाउने तयारीमा आफू रहेको बताउनुभयो । बसाइँसराइले उजाडिएको गाउँमा कुँवरले भने पर्यटक ल्याएर गुल्जार बनाउने लक्ष्य लिनुभएको छ । 

    कुनै रोगव्याधी नभए आफ्नो फार्र्मबाट वार्षिक रु एक करोडको कारोबार हुने कुँवरको लक्ष्यअनुसार फारम सञ्चालित भइरहेको छ । उक्त बाख्रा फार्र्म पहाडी जिल्लाको ठूलो र नमूना बाख्रा फारममध्येमा पर्ने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो । 

    बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च हुने र अहिलेसम्म बजारको कुनै चिन्ता नरहेको बताउनुभयो । फारममा हालसम्म रु पाँच करोड लगानी भइसकेको छ । फारमको खोर मात्रै छ रोपनी जग्गामा फैलिएको छ । पाँच सयभन्दा बढी बाख्रा पाल्न खोर तथा घाँसको समस्या नहुँने गरी फारमको संरचना र घाँसको व्यवस्थापन भएको व्यवसायी कुँवरको भनाइ छ । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend