Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग


२९, साउन २०८०
  • 177
    SHARES
  • गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
    काठमाडौँ । नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ । 
     
    सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै डा. यादवलाई सिआइबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको मागसमेत गरेको छ । 
     
    सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्नचिह्न खडा भएकाले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सिआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडाभन्दा कडा कानूनी कारबाही गर्न जोडदार माग गर्दछ ।”
     
    सङ्घका आजीवन सदस्य डा. यादवलाई सिआइबीले चिकित्सकविरुद्ध चलाएको ‘अपरेसन फोक्सट्रोट’मा गत साउन २५ गते पक्राउ गरेको थियो । सिआइबीले एसएलसी र प्लस टूको मार्कसिटमा कीर्ते गरेर नम्बर थपघट गरेर एमबिबिएस अध्ययन गरेका नक्कली चिकित्सकमाथि अनुसन्धान गर्ने क्रममा उहाँलाई पक्राउ गरेको थियो ।
     
    “कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने, बिरामी र चिकित्सक बीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पुर्‍याउने तथा चिकित्सकीय सेवालाई नै दूषित तुल्याउने कार्यको जति निन्दा गरे पनि कमै हुन्छ”, प्रेस विज्ञप्तिमा उल्लेख छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend