बुटवल । लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको आयोजना, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ र लियो क्लव अफ गोल्डेन जुब्लीको सहकार्यमा आयोजना गरिएको साउन महिनाको प्रत्येक शनिवार र सोमवार नि:शुल्क स्वास्थ्य शिविरको सोमवार एक कार्यक्रमका विच समापन गरिएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा न-३ मा रहेको प्रसिद्ध धार्मिक स्थल सिद्धबाबा मन्दिर परिषरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पुजा गर्न आउने भक्तजनहरुलाई लक्षित गरि शिविर आयोनजा गरिएको थियो ।
एक महिनासम्म सञ्चालन भएको शिविरमा २ हजारभन्दा वढिले मधुमेह र झण्डै १ हजार ६ सयले ब्लडप्रेसर जाँच गरेको क्लवले तयार पारेको तथ्यांकमा उल्लेख छ ।
लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर पिएम जेएफ बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता
डिष्ट्रिक गभर्नर पिएम जेएफ अर्जुनमान सैंजुको विशिष्ट आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा बोल्ने वक्ताहरुले लायन्स क्लवको प्रसंशा गरेका थिए । वक्ताहरुले लायन्स क्लवहरुले स-साना कार्यक्रम मात्रै नभई ठूला-ठूला प्रोजेक्टका कामलाई शुरु गरिसकेको र अझै ठूला योजनालाई पूरा गर्ने लक्ष्यका साथ अगाडि बढेको बताएका थिए ।
बुटवलमा लायन्स क्लवले आँखा अस्पताल, चितवनको क्यान्सर हस्पिटल र आँखा हस्पिटल लगायत विभिन्न स्थानमा उदाहरणीय काम गरेको र अब रेडक्रस भन्दा ठूलो काठमाडौंमा रक्तदान संस्था खोल्ने प्रक्रियालाई अघि बढाउने लक्ष्य रहेको जनाएका थिए ।
उक्त कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, डिष्ट्रिक भाइस गभर्नर एम जेफ एफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचन, क्लवका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक चिफ कमल थापा क्षेत्री, एरिया चिफ लायन एफजेएफ कल्पना शिवाकोटी, एरिया सेक्रेटरी लायन शान्ता शर्मा, क्लवका पूर्वअध्यक्ष एवं रिजन चियर पर्सन लायन यदुमणि पोख्रेल, निवर्तमान अध्यक्ष दिपक गौतम, पूर्वअध्यक्षहरु लक्ष्मण कुँवर, सन्तोषमान सिमाङगैंडा लगायतले आ-आफ्ना भनाईहरु राख्नुभएको थियो । सो कार्यक्रमको संयोजन अनिल शाहले गर्नुभएको थियो ।