Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुस्कान सहितको गुणस्तरीय सेवा प्रवाह गर्नुस : प्रमुख प्रशासकीय अधिकृत पाण्डे


३१, साउन २०८०
  • 1,456
    SHARES
  • मुस्कान सहितको गुणस्तरीय सेवा प्रवाह गर्नुस : प्रमुख प्रशासकीय अधिकृत पाण्डे

    गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सुशासन पारदर्शिता आफ्नो पहिलो प्राथमिकता रहेकोले सोही उदेश्य अनुसार मुस्कान सहितको सेवा सेवाग्राहीलाई दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ। यस अघि गुल्मी दरवार गाउपालिकाको प्रशासकीय अधिकृतको रुपमा राम्रो पहिचान छवि बनाउन सफल हुनुभएका पाण्डे नेपाल सरकारका कुशल अधिकृतको सुचिमा पर्छन। उहाँसँग यस अघि विभिन्न जिल्लामा कुशलतापुर्वक कार्यकारीको रुपमा काम गरेको अनुभव छ भने संघीय सरकारका विभिन्न मन्त्रालयमा पनि कार्य गरेको अनुभव रहेको छ । 

    रुरुक्षेत्र गाउपालिकामा कर्मचारी वार्डका सचिब बिषयगत शाखाका प्रमुख तथा कर्मचारीलाई निर्देशन दिदैँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधिसहित सरोकारवाला सबैसँग सहकार्य गर्दै रुरुक्षेत्र गाउपालिकालाई सुशासन, पारदर्शिता र जवाफदेहीतामैत्री गाउपालिकाको रुपमा पहिचान दिलाउने गरि काम गर्न आफू लागि परेकाले सोही अनुसार काम गर्न आग्रह गर्नु भएको हो । पाण्डेले सेवाग्राहीमैत्री पालिकाको विकासका लागि आफ्नो सदैव पहल रहने बताउदै यसका लागि पालिकाबासि सबैले साथ दिनेमा विश्वस्त रहेको बताउनुभयो । 

    जुनसुकै कार्य गर्दा पनि परिणाममुखी हुनुपर्नेमा जोड दिंदै पालिकाको  विकास र पालिकाबासिको काम सहज रुपमा हुनुनै आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो । मुस्कान सहितको सेवा दिएर सेवाग्राहीलाई छिटोछरितो काम दिनका लागि सबै कर्मचारीलाई निर्देशन दिदैँ पाण्डेले जनमुखि काम गर्ने कर्मचारीलाई पुरस्कृत र नराम्रो गर्नेलाई डन्ड गर्ने बताउदैँ सबैको साथ सहयोगबाट बिकासले फड्को मार्नेमा जोड दिनुभयो आईतबार मात्रै कपिलवस्तु निर्वाचन कार्यलय बाट गुल्मीको रुरुक्षेत्र गाउपालिकामा हाजिर हुन पाण्डे जानू भएको थियोे ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend