Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नीति तथा कार्यक्रम फिर्ता नलिए छक्का हानेर पठाइदिन्छौं–ओली


७, जेठ २०८०
  • 116
    SHARES
  • नीति तथा कार्यक्रम फिर्ता नलिए छक्का हानेर पठाइदिन्छौं–ओली

    काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएका छन् । अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरी ल्याउन पनि सरकारसँग माग गरे । 

    आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई आरालो लाग्नबाट जोगाएर उभोतिर लाने कुनै कुरामा पनि यो सक्षम नभएकाले अन्य दलहरुले पनि यसलाई स्वीकार गर्न नहुने बताए । 

    अध्यक्ष ओलीले सत्तारुढ नेपाली कांग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने जिकिर गरे । उनले भने, एक वर्षको समय फेरि खेर जाने भयो । २ वर्षमा यो गर्ने भनिएको छ । तर एक वर्षको नीति तथा कार्यक्रम छ । २ वर्षमा यसो गर्छौ भनिएको छ । एक वर्षको पेश गर्नुस्न । २ वर्षमा केही गर्छौं भने यस वर्ष के गर्नु हुन्छ त ? बिना टार्गेट, कहाँ शुरु, कहाँ अन्त्य ? कहाँ जान हिँड्या ? केही ठेगान छैन । हामो गन्तव्य समृद्ध नेपालः सुखी नेपाली हो । मेरो जीवनको एकमात्र लक्ष्य नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने हो । यस अभियानमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको साथ, समर्थन र सहयोग हुने विश्वास पनि मैले लिएको छु ।

    ओलीले अगाडि भने, सभामुख महोदय, मैले यति समय लिएर प्रस्तुत नीति तथा कार्यक्रमको सम्बन्धमा भने । यसको अर्थ हो–यो नीति, कार्यक्रम कुनै पनि हालतमा देशलाई अगाडि बढाउन, देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई आरालो लाग्नबाट जोगाएर उभोतिर लाने कुनै कुरामा पनि यो सक्षम छैन । जनताका समस्या समाधान यसले गर्न सक्दैन ।

    यसलाई थप स्पष्ट पार्दै ओलीले भने, त्यसकारण यस नीति, कार्यक्रमलाई समर्थन गर्न सकिँदैन । र, हामी समर्थन गर्दैनौं । म आग्रह गर्न चाहन्छु–मैले यति समय लिएर ब्याख्या गर्नुको अर्थ के हो भने म अरु पार्टीहरुलाई पनि देशप्रति जिम्मेवार भएर सोच्न आग्रह गर्न चाहन्छु । उनले यो कार्यक्रमले एक वर्ष बरबाद पारेको उल्लेख गर्दै भने, यस नीति, कार्यक्रमले एक वर्षको समय कमसेकम बर्बाद भयो देशको । यो नीति, कार्यक्रमले केही पनि गर्नेवाला छैन, हुनेवाला छैन । त्यसकारण यसलाई समर्थन नगर्न म अरु दलका माननीयज्यूहरु, स्वतन्त्र माननीयज्यूहरु सबैलाई पनि आग्रह गर्न चाहन्छु । यसलाई पारित गर्नु हुँदैन । यो पारित गर्न योग्य छैन । जसले देशलाई बाटो देखाउँदैन, देशलाई समस्याबाट उम्काउँदैन । जसले देशलाई अगाडि बढाउन कुनै सोच नै राखेको छैन । त्यस्ता नीति, कार्यक्रमको नाउका पोथाहरुमाथि हामी छलफल गरिरहेका छौं । त्यही बोकेर जानुपर्ने अवस्था नआओस् ।

    अर्को नीति तथा कार्यक्रम बनाउन आग्रह गर्दै उनले भने, म जिम्मेवार प्रधानमन्त्रीज्यू आफैंलाई भन्न चाहन्छु–त्यसकारण यसलाई फिर्ता लिइयोस्, अर्को बनाइयोस् । यसवापत कुनै पोलिटिकल एजेण्डा नबनाउला बरु । उपयुक्त नीति, कार्यक्रम बनाउनुस् । तर यही कार्यक्रम पारित गर्ने हो भने नेपाली काँग्रेस यस्तै कार्यक्रमबाट अगाडि जान्छ ? यही हो, नेपाली कांग्रेसले देशप्रति गर्ने प्रतिवद्धता । ५–७ वटा मन्त्री भए पुग्यो नेपाली कांग्रेसलाई ? देशप्रतिको उत्तरदायित्व छैन ? त्यसकारण कसैले पनि यसलाई, यसको पक्षमा टेवल ठटाउन कसरी सकिन्छ ? कसरी समर्थन गर्न सकिन्छ यसलाई ? तसर्थ, म सबैलाई आग्रह गर्न चाहन्छु–यसलाई कुनै पनि हालतमा समर्थन गर्नु हुँदैन । समर्थन नगरौं । पहिलो कुरा, सम्माननीय प्रधानमन्त्रीजीले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने यसलाई छक्का क्रिकेटको भाषो हानेर पठाइदिनुपर्छ ।

    अध्यक्ष ओलीले सरकारले ल्याएको सो नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले संसदबाट पारित गराउन नसक्ने बताए । उनले आफ्नो ध्यान ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने रहेको पनि दोहोर्याए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend