Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस लुंग्री गाउँपालिकाले बुझायो गाउँपालिका अध्यक्ष थापालाई ध्यानाकर्षण पत्र


कांग्रेस लुंग्री गाउँपालिकाले  बुझायो गाउँपालिका अध्यक्ष  थापालाई ध्यानाकर्षण पत्र

राेल्पा । लुंग्री गाउँपालिकाले बिना कारण पाँच जना कर्मचारीहरुलाई हटाएको भन्दै नेपाली कांग्रेस लुंग्री गाउँपालिकाले ध्यानाकर्षण पत्र बुझाएको छ।केहि कर्मचारीहरुले पाउँदै आएको तलवमा समेत कटौति गरेको र अन्य पालिकाको गतिविधिमा आपत्ती जनाउदै  नेपाली कांग्रेस लुंग्री गाँउपालिका कार्यसमितिले गाँउपालिका अध्यक्ष भरत कुमार थापालाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको हो।

उद्यम विकाश सहजकर्ता धनमला गुरुङ र जानकी माँझी,स्वास्थ्यकर्मी स्मृति के.सी र बेगमबहादुर रोका,पोषण सहजकर्ता डोरबहादुर खड्कालाई गाउँपालिकाले हटाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।उनीहरुले उक्त निर्णय तत्काल हेरफेर गर्न समेत ध्यानाकर्षण पत्र मार्फत गाउँपालिकालाई आग्रह गरेका छन्।

साउन २१ गतेको कार्यपालिकाको बैठकको निर्णयमा नियोजित तरिकाले हटाएको भन्दै आफूहरुले पहिलो चरणमा उक्त निर्णय तत्काल सच्याउनको लागि गाँउपालिका अध्यक्ष थापालाई ध्यानाकर्षण पत्र मार्फत जानकारी गराएको नेपाली कांग्रेस लुंग्री गाउँपालिकाका सभापति जनक खड्काले जानकारी दिनुभयो।

आफुहरुले असहमति जनाएको निर्णयमा गाँउपालिकाले २०८० भाद्र १ गते सम्म नसच्याए उक्त निर्णय विरुद्ध चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्ने समेत चेतावनी दिएका छन् । राजनितिक पूर्वाग्रह राखी कर्मचारीहरु हटाएको र केहि कर्मचारीहरुले पाउँदै आएको सेवा सुबिधालाई पनि कटौती गरि दिएको एक कर्मचारीले जानकारी दिनुभयो।

कुनै शाखामा आवश्यकता भन्दा पनि बढी कर्मचारीहरु राखिएको छ-ती कर्मचारीले भन्नुभयो।राजनीतिक पूर्वाग्रह गरी बिना कारण कर्मचारीहरुलाई हटाउनु नियोजीत भएको गाउँपालिकालाई ध्यानाकर्षण पत्रमा आरोप लगाइएको छ।

लुंग्री गाउँपालिकाले हटाएका कर्मचारीहरुको माग सम्बोधन गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी छ।

dfff.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend