Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार


१, भदौ २०८०
  • 153
    SHARES
  • घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार
    तुल्सीपुर ।  दाङको शान्तिनगर गाउँपालिका -२ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने गरेको छ । वडाभित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक महिना घरमै पुगेर उपचार गर्ने गरिएको हो । 
     
    बिरामी भएका बेला घरमै पुगेर निःशुल्क उपचार तथा औषधि प्रदान गर्ने गरिएको जनाउँदै दीर्घ रोगीले खाने औषधिको समेत बिलका आधारमा पैसा दिने गरिएको वडाध्यक्ष सुनिल वलीले बताउनुभयो । 
     
    “कोही हिँडडुल गर्न सक्नुहुन्न, कसैको आर्थिक अवस्था कमजोर छ”, उहाँले भन्नुभयो, “यही कारणले कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर हामीले घरमै गएर सेवा दिन सुरु गरेका हौँ ।” उहाँका अनुसार हाल वडामा रहेका चार सय ४२ ज्येष्ठ नागरिकले सेवा लिइरहेका  छन् भने ५७ जना दीर्घरोगीले बिलका आधारमा सेवा पाइरहेका छन् ।
     
    वैशाख ४ गतेदेखि वडाभित्र रहेका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएकाको स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्यकर्मी खटाएर यो अभियान सञ्चालन गरिरहेको छ । साथै सरकारले निःशुल्करुपमा उपलब्ध गराएका औषधि बाघमारे स्वास्थ्यचौकीबाट वितरण गरिँदै आइएको वडाध्यक्ष वलीले जानकारी दिनुभयो ।
     
    घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । बिरामीले फोन गरेको अवस्थामा २४सै घन्टा सेवा सञ्चालन गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य सहजकर्ता समेत परिचालन गरिएको वडा कार्यालयले जनाएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend