Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र


३, भदौ २०८०
  • 245
    SHARES
  • पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र

    कास्की । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ ।  हाल महानगरमा २३  सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । 

    महानगरले वडा नं १९ को लामाचौर, वडा नं २१ र वडा नं २४ को बास्कोटमा सहरी स्वास्थ्य केन्द्र स्थापना कार्य अघि बढाएको हो । लामाचौर र वडा नं २१ मा सहरी स्वास्थ्य केन्द्रका लागि पूर्वाधार तयार भइसकेकाले आवश्यक जनशक्ति र साधन स्रोत व्यवस्था गरी छिट्टै सञ्चालमा आउने महानगर स्वास्थ्य महाशाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा सहरी स्वास्थ्य केन्द्रबाट उपलब्ध हुन्छ । थप तीनवटा स्वास्थ्य केन्द्र सञ्चालनको काम सुरु भएको छ ।” कास्कीकोटको बास्कोटमा पूर्वाधार निर्माणकार्य सुुरु भएको छ । बास्कोट सहरी स्वास्थ्य केन्द्र भवन रु चार करोड लागतमा निर्माण हुँदैछ । सो केन्द्र भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने महानगरले जनाएको छ ।

    दुईतलाको सुविधासम्पन्न सो सहरी स्वास्थ्य केन्द्रको भवनलाई भविष्यमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । सो वडामा हाल स्वास्थ्यचौकी सञ्चालनमा छ ।

    पोखरा–२४ को तल्लो भाग र वडा नं २३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधासम्पन्न बनाइने महानगरले जनाएको छ । महानगरका वडाहरूमा ल्याब परीक्षणसहितका शिविर सञ्चालनका अभियानसमेत थालिएको छ ।

    पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकलाई सुविधा हुने बताउनुभयो । सामान्य स्वास्थ्यसम्बन्धी समस्या भएपछि पोखरा बजार नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगर मातहतमा अहिले एक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुई, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र एक, स्वास्थ्यचौकी १९ र सहरी स्वास्थ्य केन्द्र २३ वटा सञ्चालमा छन् । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend