Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बलात्कारपछि हत्या गरेर फरार भएका दुई अभियुक्त १६ वर्षपछि पक्राउ


८, जेठ २०८०
  • 94
    SHARES
  • बलात्कारपछि हत्या गरेर फरार भएका दुई अभियुक्त १६ वर्षपछि पक्राउ
    धरान । धरानकी एक महिलालाई बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त १६ वर्ष पश्चात पक्राउ परेका छन् ।धरान उपमहानगरपालिका-१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार गरेर हत्या गरि फरार रहेका धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए। 
     
    उनीहरुले ललितालाई २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणेदय धर्मशालाको कोठा नम्बर २१८ मा राखेर पालैपालो जबरजस्ती करणी गरि घाटी थिचेर हत्या गरेका थिए । हत्यापश्चात फरार रहेका उनीहरुलाई १६ वर्षपछि पक्राउ गर्न धरान प्रहरी सफल भएको डीएसपी मल्लले बताए।  
     
    इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई धनकुटाको शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी सार्वजनिक गरेको छ । दुबै अभियुक्तहरुले ललितालाई बलत्कार गरि हत्या गरेको स्विकार गरेको प्रहरीलाई बयान दिएका छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धि कसुर अन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालिएको डीएसपी मल्लले बताए। 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend