Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रविको राहदानी त्यागेको निस्सा भेटिएन


८, जेठ २०८०
  • 207
    SHARES
  • रविको राहदानी त्यागेको निस्सा भेटिएन

    काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा प्रमाण सरकारी अड्डामा फेला पर्न सकेको छैन । सर्वोच्च आदालतले माग्दा पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले पठाउन नसकेको हो । निस्सा आफ्नो कार्यालय सम्बन्धित नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जवाफ पठाएपछि उनको निस्सा कहाँ छ भनेर कसैलाई थाहा छैन ।  जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नै जाँच नगरी एकै दिनमा नागरिकता दिएका थिए । 

    सो विषयमा सर्वोच्चमा परेको रिटको सुनुवाई हुने क्रममा सर्वोच्च अदालतले जिल्ला प्रशासनसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा भए उपलब्ध गराउन पत्र पठाएको थियो । अदालतको पत्रको जवाफमा कार्यालयले ‘राहदानी त्यागसम्बन्धी निस्सा यस कार्यालय सम्बन्धित नरहेको’ उल्लेख गरी जवाफ पठाएको छ । 

    जिल्ला प्रशासन कार्यालयले जेठ ३ गते पठाएको जवाफमा ‘उक्त राहदानी त्यागसम्बन्धी निस्साको यस कार्यालयसँग सम्बन्ध नरहेको’ व्यहोरा उल्लेख छ । उता विभागले पनि पुस २६ गते नै सोसम्बन्धी कागजातको सक्कल प्रति आठ थान पठाएकाले हाल आफूसँग नरहेको जवाफ दिएको छ । ‘अदालतबाट पुनः यस विभागमा फिर्ता नपठाइएको व्यहोरा सादर अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालयले लेखेको पत्रमा उल्लेख छ । 

    अदालतले अध्यागमनसँग पनि सोही प्रकृतिको निस्सा माग गरेकोमा यस अगाडि लामिछानेको मुद्दाको सवालमा सक्कल फाइल पठाएको र सो अदालतमै रहेको उल्लेख छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता निष्क्रिय रहेको प्रमाणित गरेपछि उनले नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सक्रिय गराएका थिए । 

    लगत्तै उनले राहदानी विभागमा गएर आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्दै लिएको नेपाली राहदानी फिर्ता गरेका थिए । उनीविरुद्ध राहदानी दुरुपयोगमा परेको जाहेरीमा प्रहरी हुँदै न्यायाधीवक्ताको कार्यालयले दुरुपयोगको नियत नदेखिएको भन्दै मुद्दा दर्ता गर्नु नपर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । 

    राहदानीसम्बन्धी मुद्धा बाँकी नै हुँदा उनी चितवनबाट उपनिर्वाचन लडेर निर्वाचितसमेत भैसकेका छन् । यसअघि नागरिकता विवादमा रविले चितवन २ बाटै मंसिर ४ मा चुनाव जितेर उपप्रधान तथा गृहमन्त्री बनेकामा अवैध ठहरेपछि पद गुमाउनु परेको थियो । अमेरिकी राहदानी त्यागेको निस्सा प्रमाण सरकारी अट्टामा फेला नपरे फेरि अर्को विपद् आउन सक्ने देखिएको छ । तर यो निस्सा नभेटिनुको दोष कसको हो ? खोजी जरुरी छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend