Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अतिक्रमण क्षेत्र तारबार गरी वृक्षारोपण


५, भदौ २०८०
  • 271
    SHARES
  • अतिक्रमण क्षेत्र  तारबार गरी वृक्षारोपण

    काभ्रे । पाँचखाल नगरपालिका–२ स्थित लौकिनी घ्याङ्ले सामुदायिक वनमा रहेको ७४ रोपनी अतिक्रमण क्षेत्र डिभिजन वन कार्यालय काभ्रेपलान्चोक अन्तर्गत डिभिजन वन कार्यालय महादेव स्थान पाँचखालले खाली गराएको छ ।

    वि.सं. २०५२/५३ देखि अतिक्रमण भईरहेको उक्त स्थानको अतिक्रमण डिभिजन वन कार्यालय काभ्रे, सशस्त्र प्रहरी बल गण नं. १५, पाँचखाल प्रहरी चौकी पाँचखाल तथा  उक्त लौकिनी घ्याङ्ले सामुदायिक  वनको सहयोगमा उक्त अतिक्रमण हटाईएको सब डिभिजन वन कार्यालय महादेवस्थानका वन अधिकृत हरिचन्द्र तिमिल्सिनाले बताउनुभयो ।
     

    उक्त अतिक्रमण क्षेत्र खाली  गराई डिभिजन वन कार्यालय काभ्रे को आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अतिक्रमण क्षेत्र वरिपरि ५०० मिटर काँडेतार समेत लगाईको वन अधिकृत तिमल्सिनाले जानकारी दिनुभयो ।

    उक्त अतिक्रमण हटाउने कार्यमा सक्रिय भूमिका निभाउनुहुने पाँचखाल नगरपालिका-२ का अध्यक्ष रामेश्वर दाहाल, सामुदायिक वनका अध्यक्ष रत्न बहादुर तामाङ लगायत कार्यसमिति, सशस्त्र  प्रहरी, डिभिजन वन कार्यालय काभ्रे, र  जिल्ला प्रशासन कार्यालय काभ्रेलाई वन अधिकृत तिमल्सिनाले हार्दिक आभार  व्यक्त गर्दै  आगामी दिनमा अतिक्रमण हटाउने कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
     

    डिभिजन वन कार्यालय काभ्रेका वन अधिकृत देवेन्द्र पोखरेलको सक्रियतामा उक्त अतिक्रमण क्षेत्रमा पहिलो दिन १०० वटा विभिन्न जातिका विरुवा रोपण गरी वृक्षारोपण शुरुवात गरिएको छ ।
     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend