काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच नचल्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित गुणस्तरीय सेवाको लागि फार्मेसी र थोक बिक्रेताको अभ्यास सुधार गर्न क्षमता निर्माण तालिमको राष्ट्रव्यापी शुभारम्भ कार्यक्रममा उहाँले स्वास्थ क्षेत्रमा देखिएको व्यथितीलाई नियन्त्रण गरेर देखाउने बताउनुभयो ।
‘राम्रो काम गर्नेलाई सरकारले गर्नु पर्ने कुरामा कन्जुसाई नगर्ने । सबैलाई निशुल्क सेवा उपलब्ध गराउने । स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच चल्दैन् । कसैले भनेर सिफारिसको भरमा हुँदैन् । ’ उहाँले भन्नुभयो ।
उहाँले आफुले स्वास्थ्य क्षेत्रमा गरेको कामलाई देखेर नकारात्मक चियो चर्चा भएको समेत टिप्पणी गर्नुभएको छ । राम्रो कुरालाई सम्मान नगर्दै देश र समाज सुधार्न पहिला आफु सुध्रिन आवश्यक भएको उहाँको भनाई छ ।