दाङ। लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार सोमबार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली काँग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन्।
यसरी नयाँ मन्त्रीको रुपमा नेपाली काँग्रेसका नेता राजु खनाल लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री, लोसपाका सन्तोषकुमार पाण्डेय आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री, भण्डारीलाल अहिरलाई कृषी तथा भूमी व्यवस्था मन्त्री, चन्द्रकेश गुप्तालाई सामाजिक मन्त्री र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।