काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिभिन्न प्रकरणमा सत्तापक्षका नेताको नाम जोडिने वित्तिकै छानविन सुस्ताएको भन्दै सरकारले भन्ने गरेको सुशासन प्रति नै आशंका व्यक्त गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा छानविन गरिरहेको प्रहरी प्रमुखलाई सरुवा गर्ने सरकारको निणर्यले सुशासनको नारा प्रति नै शंका गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो ।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेको प्रहरीलाई सरुवा गरेकोमा आक्रोश पोख्नुभयो । उहाँले ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिइएका मालपोतमा गएर कागजपत्र सबै हेरेका पैसा दिएर जग्गा किनेका मानिसहरु र कर्मचारीहरु जहाजको सिटबाट समातिएर थुनिए निणर्यकर्ताहरुलाई सुनपानी छर्किए जसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यहि हो ? भनेर प्रश्न गर्नुभयो ।
सभापति लामिछानेले सुन प्रकरणमा छानविन गरिरहेको सिआइबीलाई विश्वास गर्न सकिने भए पनि असामान्य रुपमा सक्रिय सरकारका संयन्त्रप्रति भरोसा गर्न नसकिने उल्लेख गर्नुभयो ।