Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाल विकास आधारभूत विद्यालयको नव निर्मित भवनबाट शिक्षण सुरु


बाल विकास आधारभूत विद्यालयको नव निर्मित भवनबाट शिक्षण सुरु

रोल्पा। परिवर्तन गाउँपालिका–२ राङ्सीको भल्टुङमा रहेको श्री बाल विकास आधारभूत विद्यालय आफ्नै नव निर्मित भवनमा सरेको छ। नयाँ भवन संचालनमा आएसगैँ अब नयाँ भवनबाट नै पठनपाठन  सुरु गर्ने विद्यालयका प्रधानाध्यापक वीर बहादुर केसीले बताए। 

केसीले भने हामीले कच्ची भवनबाट पठनपाठन गराउदै आएका थियौं अब त्यो समस्या अन्त्य भएको छ र नव निर्मित पक्की भवनबाट पठनपाठन सुरु भएको छ । विद्यालय जीर्ण भईसकेको र पठनपाठनमा समेत समस्या आएकाले नयाँ भौतिक संरचना सहित पक्की भवन निर्माण गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन केसीले जानकारी दिए।

rolpa.jpg

लामो समय,जनश्रमदान,आर्थिक सहयोग मार्फत यो विद्यालयलाई यहाँसम्म ल्याउन सफल भएको अभिभावक कर्मलाल खत्रीको भनाइ छ। विद्यालयको नव निर्मित भवन ८ कोठाको रहेको छ।बाल विकास देखि कक्षा ५ सम्म पढाई हुने विद्यालय प्रशासनले जानकारी दिएको छ।विद्यालयको उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करिब ५३ लाख रुपियाँको लगानीमा निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन केसीले बताए । 

पुरानो विद्यालय देखि नयाँ भवनमा सार्नका लागि आमा समूह,बुवा,समूह,विद्यालयका शिक्षक,शिक्षाका,विद्यार्थी,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ र अभिभावकहरुले बाँजा गाँजा सहित विद्यालयका भौतिक संरचना नव निर्मित भवनमा लिएका थिए भने पुजा समेत गरेका थिए।

विद्यालयमा करिब ८५ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएको छ। विद्यालय वि.सं.२०४५ सालमा स्थापना भएको हो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend