Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भेटिएन बालकृष्णको मोबाइलमा शंकास्पद सामग्री


८, जेठ २०८०
  • 204
    SHARES
  • भेटिएन बालकृष्णको मोबाइलमा शंकास्पद सामग्री

    काठमाण्डौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला नपरेको प्रहरीले जनाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री खाँणको मोबाइलको रिपोर्ट आउँदा त्यस्तो शंकास्पद सामग्री फेला नपरेको हो । 

    खाँणको साथबाट बरामद भएको मोबाइल जाँचका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याब डीएफएलमा पठाएको थियो । डीएफएलले रिपोर्ट पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । भुटानी शरणार्थी प्रकरण बारेको कुनै कुराकानी तथा प्रमाणहरु नभेटिएको भन्ने रिपोर्ट आएको परिसरका एसपी सिताराम रिजालले जानकारी दिए । 

    उनका अनुसार पहिला मोबाइल फर्म्याट भएको त्यसको रिकभरका लागि पठाउँदा कुनै पनि सामग्री फेला नपरेको हो । खाँणको  मोबाइल फ्याक्ट्री रिसेट भएको थियो । त्यसपछि हामीले जाँचका लागि डीएफएलमा पठाएका थियौं । तर रिपोर्टमा कुनै पनि शंकास्पद विषयहरु देखा नपरेको रिपोर्ट आएको छ’, परिसरका प्रवक्तासमेत रहेका एसपी रिजालले भने । बैशाख २७ गते खाँडलाई चाबहिलको मैजुबहालस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । खाँडलाई पक्राउ गरेपछि प्रहरीले मोबाइल नियन्त्रणमा लिएको थियो । 

    उक्त मोबाइलमा भुटानी शरणार्थी प्रकरणको गतिविधि नदेखिएपछि डिलेट तथा फर्म्याट गरेको हुन सक्ने भन्दै प्रहरीले जाँचका लागि पठाएको थियो । जाँच भएर आउँदा पनि केही नदेखिएपछि खाणले प्रमाण लुकाउन अर्को मोबाइल प्रयोग गरेको पनि हुनसक्ने प्रहरीको अनुमान भएपनि अहिलेसम्म अर्को मोबाइल भेटिएको छैन । मोबाइलको फ्याक्ट्री रिसेट भएको पाइएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बयानको क्रममा यस बारेसमेत सरकारी वकिलले खाँणलाई प्रश्न गरेका थिए । 

    तर खाँणले आफू पुरानो पुस्ताको मान्छे भएकाले मोबाइलको प्राविधिक पक्षबारे जानकारी नभएको बताएका थिए । खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणका विचौलिया केशव दुलाल र उनी गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेले बयानका क्रममा नाम लिएको आधारमा पक्राउ गरेको थियो । 
    यसअघि पाण्डेको मोबाइलमा खाँणको म्यासेज भेटिएको थियो । उनले आफ्ना सहयोगी नरेन्द्र केसीलाई पनि पाँच लाख रुपैयाँ दिनु भनेर म्यासेज पठाएको भेटिएको प्रहरीले जनाएको थियो ।

    प्रहरीले उनीमाथि लुकी अपराध संहिता, २०७४ को भाग २, परिच्छेद १ को दफा ५१ को उपदफा १ मा राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्न वा गराउन बन्देज गरिएको विषयमा मुद्धा सिफारिस गरेको छ । सोही दफाको उपदफा २ क मा भनिएको छ, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने कार्य राज्यविरुद्धका अपराध हुन् ।

    प्रहरीले हालसम्म पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमोलका सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतका ‘हाइ प्रोफाइल’लाई पक्राउ गरेको छ । 

    त्यसबाहेक ठगीमा संलग्न नेता रायमाझीका छोरा सन्दीप, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । गिरोहमा संलग्न एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक, नीरज राई, बेचन झा, केशव तुलाधर, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापा लगायत फरार रहेका छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend