Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ


७, भदौ २०८०
  • 233
    SHARES
  • सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं । प्रहरीले विभिन्न सामाजिक सञ्जाल मार्फत रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बहुदरमाई नगरपालिका-८ बस्ने ३० वर्षीय राज कुमार पण्डित र रौतहट कटहरिया नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश कुमार यादव रहेको प्रहरीले जनाएको  छ । 

    सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमा जमजम ईलेक्ट्रोनिक्स मार्फत लक्की ड्रमा आईफोन जितेको र कस्टम क्लियरेन्सको लागि पैसा पठाउनु पर्छ भन्दै पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा उनीहरुको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो । 

    उनीहरुको साथबाट नगद ४९ लाख ९५ हजार रुपैयाँ, मोबाईल ७ थान, सिम १ सय ८३ थान, एटिएम कार्ड १२ थान र राउटर १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु उपर विद्युतीय माध्यम सम्बद्ध ठगी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend