Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवल-नारायणघाट सडक:समय थप्न चाइना स्टेट इन्जिनियरिङको चलखेल


८, जेठ २०८०
  • 122
    SHARES
  • बुटवल-नारायणघाट सडक:समय थप्न चाइना स्टेट इन्जिनियरिङको चलखेल

    बुटवल । पूर्वपश्चिम बुटवल-नारायणघाट सडकखण्डको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले दाबी गरेको छ । नवलपुरको गैडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा सडक विस्तारको ३५ प्रतिशत काम सकिएको आयोजनाका प्रोजेक्ट म्यानेजर इन्जिनियर राकेश झाले बताए ।

    पूर्वी खण्डमा पर्ने नवलपुरको गैडाकोटदेखि दाउन्नेसम्मको ६४.४२ किलोमिटर सडकमा अहिलेसम्म ७ किलोमिटर कालोपत्रे गरिएको बताउँदै झाले असार मसान्तसम्म करिब १० किलोमिटर सडक कालो पत्रे सम्पन्न गरिने झाले बताए । पूर्वी खण्डमा रहेका १२ वटा ठूला पुलमध्ये ११ वटामा फाउन्डेसनको काम सकिएको र १ वर्ष भित्र पुलका काम सकिने झाको भनाई थियो । १२ वटामध्ये अरुणखोलामा रहेको पुलको काम भने बाँकी रहेको झाले बताए । त्यसैगरी पूर्वी खण्डमा पर्ने २२ वटा साना पुलको काम अन्तिम चरणमा पुगेको बताउँदै झाले अघिल्लो वर्ष जस्तो अहिलेको वर्षायाममा डाइभर्सनमा समस्या नहुने दाबी गरे ।

    गत वर्ष साउन २२ गते आयोजनाको म्याद थपिएपछि गत भदौ ११ गते थप एक वर्षका लागि म्याद थपिएको थियो । थपिएको समयमासमेत काम नसकिने भए पछि आयोजनाले थप डेढ वर्ष म्याद थपका लागी आग्रह गरेको प्रोजेक्ट म्यानेजर झाले बताए । “हामीले डेढ वर्ष म्याद थपका लागि नेपाल सरकारसँग आग्रह गरेका छौँ, सडक विभाग र कन्सल्टयान्ट कम्पनीको रायको आधार म्याद थपिने कुरामा आशावादी छौँ,” झाले भने ।

    आयोजनाको शुरुको २ वर्ष कोरोना महामारीले काममा ढिलाई भएको दाबी गरिहेको निर्माण कम्पनीले थपिएको समयमासमेत काम नसकिँदा पूर्व पश्चिम भएर यात्रा गर्ने यात्रुहरुले भने निकै सास्ती भोग्नु परेको छ । अहिले कामदार थप गरेर निर्माण कार्यलाई अगाडि बढाएको निर्माण कम्पनीलाई यति बेला भने निर्माण सामग्रीको आपूर्तिमासमेत सहज भएको छ । जिल्लाका स्थानीय तहसँगको समन्वयमा पायक पर्ने खोला तथा नदीहरुबाट निर्माण कम्पनीले निर्माण सामग्रीको खरिद गरेर आयोजनाको कामलाई अगाडि बढाएको बताउँदै प्रोजेक्ट म्यानेजर झाले डेढ वर्ष म्याद थप भए सो समयभित्र आयोजनाको काम सकिने दाबी गरे ।

    चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार गरिरहेको छ ।

    लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडीबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend