Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उपकरण थपिएपछि स्वास्थ्य सेवा सहज बन्दै


८, भदौ २०८०
  • 170
    SHARES
  • उपकरण थपिएपछि स्वास्थ्य सेवा सहज बन्दै

    बागलुङ । गलकोट नगरपालिकाले पछिल्लोे समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन् । नगरपालिकाले गत वर्ष पुसदेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ ।

    हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृतलगायतका अस्पतालमा आवश्यक दक्ष जनशक्ति थपिँदैछन् । अस्पतालमा आधुनिक उपकरण पनि थपिँदै गएका छन् । नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो । अहिले अस्पतालमा विशेषज्ञ डा.राजेश पौडेल र डा. मनोज कार्कीले सेवा दिइरहनुभएको छ । विशेषज्ञ चिकित्सकसँगै अस्पतालमा अहिले ‘अल्ट्रासाउन्ड’ उपकरण पनि आएको छ ।

    नगर अस्पताललाई गलकोट समाज जापानले रु ३५ लाखको ‘अल्ट्रासाउन्ड’ मेसिन सहयोग गरेको छ । समाजले नगर अस्पताल सञ्चालनका लागि यसभन्दा अगाडि पनि स्वास्थ्य उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो । अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससमेत सहयोग आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । विदेशमा रहेर पनि गलकोटेले आफ्नो समाजप्रति जिम्मेवार भएर सहयोग गरिरहेको उहाँको भनाइ छ । 

    अहिले नगर अस्पतालमा भिडियो एक्स–रे, डेन्टल मेसिन, आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शय्या, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सीलगायतमा पनि समाजबाट सहयोग गरेको भण्डारीले बताउनुभयो । एक वर्षदेखि गलकोटमा १५ शय्याको सेवा प्रवाह गर्दै आएको उहाँ बताउनुहुन्छ । यही अस्पालमा गुणस्तरीय सेवा दिन थालेपछि गलकोटबाट उपचारका लागि बाहिर जानेको सङ्ख्या न्यून भएको प्रवक्ता भण्डारीको भनाइ छ ।

    “गलकोट समाज जापानले अहिलेमात्रै होइन, वर्षौदेखि सहयोग गर्दै आएको छ, स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन नगरपालिकासँग सहकार्य गर्दै आएको छ, अहिलेसम्म लाखौँका सामग्री प्राप्त भएको छ”, प्रवक्ता भण्डारीले भन्नुभयो, “अहिले स्वास्थ्यमा ठूलो परिवर्तन आएको छ, पहिले बिरामी हुँदाबित्तिकै हजारौँ खर्च गरेर सुविधासम्पन्न अस्पतालमा पुग्ने स्थानीय अहिले यही आएर उपचार गराउनुभएको छ, सन्तुष्ट पनि उत्तिकै हुनुहुन्छ ।”

    गलकोट क्षेत्रमै सहरबजारका सुविधायुक्त अस्पतालमा जस्तै सेवा प्रवाहका लागि आफूहरूले जापानमा सहयोग जुटाएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले बताउनुभयो । गलकोट समाजले स्वास्थ्यसँगै खेलकुद र विपन्न परिवारलाई सहयोग गर्दै आएको उहाँको भनाइ छ । लामो समयदेखि समाजिककार्य गर्दै आएको गलकोट समाज जापानले रु १८ करोडभन्दा बढी रकम विभिन्न क्षेत्रमा सहयोग गरेको उहाँको भनाइ छ ।

    नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले सेवा थपिँदै गएपछि बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । पछिल्लो समय ठूला सहरमा उपचार गराउन जाने बिरामीले गलकोटमै सेवा लिइरहेको पौडेलको भनाइ छ । अहिले अस्पतालमा दैनिक एक सय ७० देखि दुई सय जना बिरामीले उपचार सेवा लिने गरेको डा.पौडेलले बताउनुभयो ।

    हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् । अस्पालमा हाल गलकोट नगरपालिकाबाहेक ताराखोला, बरेङ, बडिगाड गाउँपालिका सहित गुल्मीको मुसिकोट नगरपालिकालगायतबाट बिरामी आउन थालेको उहाँको भनाइ छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend