Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाले रोल्पामा संगठन विस्तारमा तिब्रता दिदैं


रास्वपाले रोल्पामा संगठन विस्तारमा तिब्रता दिदैं

रोल्पा ।माओवादीको उद्गम स्थल रोल्पामा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाले संगठन विस्तारलाई तीब्रता दिएको छ । शनिबार पूर्वी रोल्पाको सुलिचौरमा सम्पन्न जिल्ला समितिको बैठकले जिल्लाका स्थानीय तहहरुमा संयोजक र सह–संयोजक चयन गरेको छ।

रास्वपाका जिल्ला संयोजक रमेश थापा क्षेत्रीका अनुसार सुलिचौरमा सम्पन्न बैठकले लुंग्री गाउँपालिकामा भक्त घर्तीमगर संयोजक र सागर कुमार थापालाई सह– संयोजक, त्रिवेणी गाउँपालिकामा रमेश थापा क्षेत्री संयोजक र भुपेन्द्र सिं वली सह–संयोजक, सुनछहरी गाउँपालिकामा बालाराम डाँगी संयोजक, गंगादेव गाउँपालिकामा भुवन केसी संयोजक र चन्द्र वली सह–संयोजक, रुन्टीगढी गाउँपालिकामा टेकनाथ गिरी संयोजक, सुनिलस्मृति गाउँपालिकामा विक्रम घर्तीमगर संयोजक र कर्णजङ केसी सह–संयोजक, थबाङ गाउँपालिकामा अमृत डाँगी संयोजक र मनोज कुमार बुढालाई सह–संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

त्यस्तै माडी गाउँपालिकामा कमल खडका संयोजक र मन प्रकाश केसी सह–संयोजक, परिवर्तन गाउँपालिकामा गण बहादुर केसी संयोजक र श्यामकुमार विक सह–संयोजक र रोल्पा नगरपालिकामा रमेश थापा क्षेत्री संयोजक र एचवि घर्तीमगरलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

निर्वाचन क्षेत्र समितिको कार्य विभाजन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठकले जिल्ला निर्वाचन समितिका पदाधिकारीहरुको कार्य विभाजन समेत गरेको छ । समितिको सभापतिमा रमेश थापा क्षेत्री, उप–सभापतिमा भुपेन्द्र सिं वली र सचिवमा बालाराम डाँगी रहेका छन् । त्यस्तै सदस्यहरुमा एचवि घर्तीमगर र मुना डाँगी रहेका छन ।

जिल्ला अनुशासन आयोग गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठकले जिल्ला अनुशासन आयोग पनि गठन गरेको छ । बालाराम डाँगीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरिएको हो।आयोगका सदस्यमा मुना डाँगी र क्षितिज पुन रहेका छन्।

बैठकले जिल्लाका विभिन्न वडामा वडा समिति गठनका लागि पहलगर्ने निर्णय गरेको छ।वडा वडामा रास्वपा अभियान अन्तर्गत भदौ १७ गते वडा भेला गर्ने, भदौ ३१ गते अभिले खीकरण प्रमाणित गर्ने, असोज १ देखि २० गते सम्मउ मेदवारी आह्वान गर्ने, असोज २१ देखि कार्तिक ९ गते सम्म उमेदवारहरुको नामावली प्रकाश नगर्ने, कार्तिक १० देखि १५ गते सम्मनिर्वाचनअन्तर्गत मतदा नगर्ने र कार्तिक १८ गते निर्वाचन परिणाम घोषणा गर्ने केन्द्रिय कार्य तालिका रहेको छ।

जिल्लामा पार्टीको गतिविधिलाई तीव्रता दिने जिल्ला संयोजक रमेश थापा क्षेत्रीले बताका छन्।थापाले भन्ने “रोल्पामा पनि रास्वपाको सांगठनिक गतिविधिलाई तीव्रता दिन लागि परेका छौं ।

पछिल्लो समय जिल्लामा रास्वपाको सदस्यता लिने क्रम बढ्दै गएको छ ।” पुराना पार्टीबाट जनता आजित भई सकेकाले अबको एक मात्र विकल्प भनेकै रास्वपा भएको संयोजक थापाले दावी गर्नुभयो ।

 

विगतमामा ओवादीको आधार इलाकाको रुपमा चिनिएको रोल्पालाई अब रास्वपाको गढको रुपमा चिनाउनु पर्ने समय आएको रास्वपाका जिल्ला सचिव बालाराम डाँगीले बताउनुभयो । डाँगीले भन्ने “विगतमा रोल्पामा ओवादीको उद्गम स्थल, आधार इलाकाको रुपमा चिनिन्थ्यो । अब हामी रोल्पालाई रास्वपाको गढको रुपमा चिनाउन चाहान्छौं।”

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend