Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण


१०, भदौ २०८०
  • 160
    SHARES
  • सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।

    कांग्रेसका नेताहरु मधु आचार्य, जगदिशनरसिंह केसी, भुपेन्द्रजङग शाही, खगेन्द्र मल्ल, जनार्दन आचार्य, शान्ता बास्ताकोटीलगायतको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दाहाललाई भेटेर सो विषयमा ध्यानाकर्षण गराएको हो ।

    अभियानकर्ताहरुले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने तथा कसैलाई उन्मुक्ति दिन नहुने, नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको थियो ।

    यसैगरी सुनकाण्ड प्रकरणमा निष्पक्ष अनुसन्धान गरी कुनै पार्टी नहेरी आग्रह पूर्वाग्रह नराखी नाम जोडिएका जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, देशमा सुशासन कायम हुनुपर्ने, भ्रष्टाचार काण्डमा दोषी जुनसुकै तहको नेता भए पनि कानुनी कारबाही गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको कांग्रेस नेता शाहीले जानकारी दिनुभयो ।

    सो अवसरमा प्रधानमन्त्री दाहालले सबै मुद्दामा आफू गम्भीर ढङ्गले प्रस्तुत भई त्यसलाई निचोडमा पुर्‍याइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend