Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लगानीलाई समूदायमाझ पुर्‍याउन स्वास्थ्यमन्त्री बस्नेतको आग्रह


१०, भदौ २०८०
  • 304
    SHARES
  • लगानीलाई समूदायमाझ पुर्‍याउन स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

    काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरु लक्षित समूदायमाझ पुर्‍याउन बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

    आइतबार काठमाडौंमा मेरो पोषणसाथी मोवाइल एपको शुभारम्भ गर्दै मन्त्री बस्नेतले अहिले पनि गरिवविपन्न बर्गहरु उपचार नपाएर वा उचित पोषण नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरु लक्षित समूदायमाझ पुर्‍याउन बिशेष ध्यान दिनुपर्ने बताउनुभएको हो । उहाँले सरकारले बनाएका राम्रा रणनीति र कार्ययोजना अलपत्र पार्ने परिपाटी बन्द नभएसम्म सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने अवस्थाको अन्त्य हुन नसक्ने धारणा राख्नुभयो ।

    आधारभूत स्वास्थ्य सेवा गाउँमा पुर्‍याउनुपर्ने कुरामा यसअघि पक्षपातपूर्ण व्यवहार गरिएको र अहिले तीन महिनामा धेरै सुधारका काम भएको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले हरेक नागरिक रोगबाट पीडित नहुने गरी प्रभावकारी ढङ्गबाट सातै प्रदेशमा अभियानको रुपमा स्वास्थ्य सचेतनाका कार्य सञ्चालन गर्नुपर्ने जिकिर गर्नुभयो । 

    उहाँले स्वास्थ्य, शिक्षा र खाद्यान्न जनताको नैसर्गिक अधिकार रहेकाले यसबाट वञ्चित गर्न नहुनेमा जोड दिनुभयो । मेरो पोषणसाथी मोवाइल एपमार्फत गर्भवती तथा सुत्केरीलाई घरमा भएको खानाको उपयोगबारे जान्न तथा महिलाले सम्पूर्ण जानकारी आफै लिनसक्ने व्यवस्था गरिएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend