Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेकपा विप्लव समूहले एमसीसी बिरोध प्रदर्शन


१०, भदौ २०८०
  • 225
    SHARES
  • नेकपा विप्लव समूहले एमसीसी बिरोध प्रदर्शन

    रोल्पा।नेकपा परिवर्तन गाउँसमितिले एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेको छ।आइतबार परिवर्तन गाउँपालिका-३ बागमारामा नेकपा कम्युनिस्ट पार्टी विप्लवको केन्द्रिय संघर्ष कार्यक्रम अन्तर्गत पश्चिम् रोल्पाको आयोजनामा बिरोध प्रदर्शन गरेको हो।

    नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य इरार्जन घर्ती सी,नेकपा केन्द्रिय समिति सदस्य तथा पश्चिम् रोल्पा जिल्ला सेक्रेटरी कुशल वली(सन्दिप)सी,नेकपा माडी गाउँपालिका समितिका इन्चार्ज अविरल बुढा सी,नेकपा परिवर्तन गाउँपालिका समितिका इन्चार्ज पृथ्वी डाँगी सी र नेकपा परिवर्तन गाउँपालिका समितिका सेक्रेटरी हिरालाल खड्का सी को नेतृत्वमा राष्ट्रघाती एमसीसी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

    उक्त बिरोध कार्यक्रममा राष्ट्रघाती एमसीसी विरुद्ध बिरोध प्रदर्शन लेखेको कालो ब्यानर सहित १०-१५ जनाकाे समुहले हातमा रातो झन्डा बोकेर "राष्ट्रघाती एमसीसी खारेज गरौँ,गो व्याक अमेरिकका,एसपीपी चाहिदैन,वीर शहिद लाल सलाम, एकीकृत जनक्रान्ती सफल पारौ,राष्ट्रघाती सम्झौता खारेज गर,नेकपा जिन्दावाद"भन्ने नाराहरु लगाएका थिए।

    बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै कुशल वलीले साम्राज्यवादी दलालहरुले हाम्रो देशलाई लुट्न खोज्दैछन्,हाम्रो प्राकृतिक सम्पत्तिमा आँखा लगाउन खोज्दैछन् ।सोही अनुरुप नेपालमा एमसीसी परियोजना ल्याउन लागेको हो।हाम्रा देशका भष्ट्र दलालहरुले केही लोभमा परेर देश बेच्न लागिपरेका छन् उहाँले भन्नुभयो। 

    अब यो देश बचाउन राष्ट्रभक्त नेपालीहरु सडकमा आउनुपर्छ हामी चुप बस्यौं भने हाम्रा पुस्ताले नेपाली भएर वीर गोर्खाली भनेर बाँच्न पाउने छैन् उहाँले भन्नुभयो ।

    नेकपा विप्लव पार्टीले गर्ने एकीकृत जनक्रान्तिले मात्र यो देश परिवर्तन हुने अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend