Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाउँ गाउँमै बजार


११, भदौ २०८०
  • 173
    SHARES
  • गाउँ गाउँमै बजार
    बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो ।
     
    बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् । स्थानीय तह गठन भएपछि गाउँ–गाउँमा ससाना बजार विस्तार भइरहेका छन् । पहिले बागलुङ बजारमा पाइने सबैथोक अहिले गाउँमा पाइन्छन् । गाउँमा आवश्यक सामान पाइने भएपछि ग्राहक बजारमा आउन छोडेका छन् । 
     
    बागलुङमा खास गरि दुई मुख्य नाकाबाट सामान भित्रिने गर्छ । एउटा मालढुङ्गा नाका अर्को हाँडीखोला नाका । मालढुङ्गा नाकाबाट भित्रिने अधिकांश सामान वीरगञ्ज, काठमाडौँ र पोखराबाट आउँछ भने हाँडीखोला नाकाबाट भने बुटवल र सुनौलीबाट सामान भित्रिने गर्दछ । मालढुङ्गादेखि भित्रिने सामान पूर्वी बागलुङमा खपत हुने गर्छ भने हाँडीखोलाबाट भित्रिने पश्चिम बागलुङ र पूर्वी रुकुममा बढी खपत हुने गरेको छ । गाउँबाट समान किनमेलका लागि बजार झर्न छोडेपछि बागलुङ बजारमा व्यापार निकै कम भएको छ । गाउँगाउँमा मोटरबाटो पुगेपछि बजारमा घट्न थालेको बजार कोरोना सङ्क्रमणकालपछि झन् सुस्ताएको छ । 
     
    पछिल्लो समय आर्थिक मन्दीका कारणले गर्दा व्यापार निकै कम भएको व्यापारीको गुनासो छ । पछिल्लो एक वर्षयता व्यापार ५० प्रतिशतले आधा भएको उनीहरुको भनाइ छ । व्यापार घट्दै गएपछि बागलुङ बजारमा धमाधम व्यापारीले पसल बन्द गर्न थालेको उद्योग वाणिज्य सङ्घ बागलुङका महासचिव ऋषिराम गौतमले बताउनुभयो । कोभिड–१९ ले सुस्ताएको व्यापार आर्थिक मन्दीका कारण व्यापारी समस्यामा परेको उहाँको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र महँगो भाडाका कारण व्यापारी पलायन हुने अवस्था आएको उहाँले बताउनुभयो । पछिल्लो छ महिनामा बागलुङ बजारका एक बढी सटरमा गरिदै आएको पसल बन्द भएको उहाँको भनाइ थियो । 
     
    केही समय अगाडि बागलुङमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी र इमेज सहकारीका सञ्चालकले व्यापारीको करोडौँ रकम हिनामिना गरेर फरार भएपछि व्यापार व्यवसायमा थप समस्या सिर्जना भएको उहाँको भनाइ छ । “चाडवर्प आउन थाल्यो, बजार सुनसान छ, पहिला–पहिले यस्तो हुँदैनथ्यो, यो समय निकै चहलपहल हुन्थ्यो, अहिले व्यापारीलाई सामान खरिद गर्न भ्याइनभ्याइ हुन्थ्यो, अहिले महिनौँ अगाडि ल्याएर गोदाममा राखेको सामान यतिकै थन्किएका छन्”, महासचिव गौतमले भन्नुभयो, “व्यापारीलाई पहिले ल्याएर राखेका सामान कटाउनै मुस्किल छ, नयाँ सामान ल्याएर बिक्री गर्न सक्ने अवस्था छैन, गाउँपालिका/नगरपालिका आएपछि घटेको व्यापार अहिले निकै कम भएको छ ।”
     
    बागलुङ बजारमा ३० वर्षदेखि व्यवसाय गर्दै आउनुभएका डिल्ली गौतमले पछिल्लो समय व्यापार सुस्ताउँदा दैनिकी चलाउन गाह्रो हुने स्थिती आउन थालेको बताउनुभयो । सङ्घीयताको प्रभावले गर्दा छ वर्ष अगाडि बागलुङ बजारको व्यापार ५० प्रतिशतले घटेको भन्दै कोभिडपछि थप ३० प्रतिशत व्यापार कम भएको गौतमले बताउनुभयो । पहिले बागलुङ बजार जिल्ला सदरमुकाम र साविक धौलागिरी अञ्चलको केन्द्र भएको हुँदा व्यापार निकै भएको स्मरण गर्दै अहिले गाउँगाउँसँग व्यापार बाडिएको बताउनुभयो ।
     
    महासचिव गौतमले भन्नुभयो, “३० वर्ष अगाडिको तुलनामा अहिले बागलुङ बजारको व्यापार ८० प्रतिशतले कम भएको छ, व्यापार कम हुनुमा पहिलो त सङ्घीयताको प्रभाव हो, त्यसपछि गाउँगाउँमा मोटरबाटो पुग्नु, दुई/तीन वर्ष कोरोना र अहिले आर्थिक मन्दी मुख्य कारण हो, बजारको अवस्था हेर्नुहुन्छ भने कहिले त एउटा सामान पनि विक्री हुँदैन, दिनभरी पसलमा बस्यो, अरु काम गर्नु पनि छैन, युवा त विदेश जालान्, अरु केही गर्लान्, हामी उमेरले नेटो काट्न लागेका गाउँ फर्किनुको विकल्प हुँदैन ।”
     
    निसीखोलाका व्यापारी वीरबहादुर क्षेत्रीले छ वर्षदेखि ग्रामीण क्षेत्रमा व्यापार बढ्दै गएको बताउनुभयो । एक दशक अगाडिसम्म सुनसान गाउँमा अहिले व्यापारीक चहलपहल बढ्दै गएको बताउनुभयो । निसीखोलाको देवस्थान, जुग्जाखोला, झिवाखोला, वडावन खोला, निसी, भल्कोट र सीपमा अहिले व्यापार फस्टाउँदो रहेको क्षेत्रीले बताउनुभयो । पहिले यहाँका हजारौँ नागरिक सामान्य किनमेलाका लागि घण्टौँ लगाएर बुर्तिबाङ पुग्ने र घोडा खच्चडमार्फत सामान ढुवानी गरेर बेच्ने गरेको सुनाउँदै अहिले घरै अगाडि सडक आएको हुँदा सहज भएको उहाँ बताउनुहुन्छ ।
     
    “अहिले गाउँमा खान लागनको दुःख हरायो, पहिले दोकान, पसल धेरै टाढा हुन्थे, मान्छेले एउटा कपडालाई वर्षौसम्म सुरक्षित तरिकाले लगाउनुपथ्र्यो, नुन, तेल र चामल लामो समयसम्म पुग्ने गरी अड्कल गरेर खानु पथ्र्यो”, क्षेत्रीले भन्नुभयो, “अहिले घरघरमा पसल खुलेका छन्, गाउँलेलाई सहज भएको छ, व्यापार पनि राम्रो छ, पहिलेको जस्तो घोडा खच्चडमा ढुवानी गरेर महँगोमा बेच्नुपर्ने अवस्था पनि छैन, सुविधा पनि आयो, व्यापार पनि भयो । पालिकाको केन्द्र बनेपछि तमानखोलाको बोङ्गादोभान, ताराखोलाको भातखानेडाँडा, बरेङको बरेङडाँडा लगायतका गाउँमा व्यापार बढ्दो क्रममा रहेको व्यापारीको भनाइ छ । 
     
    अहिले जिल्लाको बस्ती बस्तीमा सडक पुगेका छन् । सडकले गर्दा दुर्गम गाउँसम्म पनि ससाना पसल सञ्चालनमा आएका छन् । जसले स्थानीयको दैनिकीलाई सहज बनाइ दिइको छ । बर्खामा भने ग्रामीण सडक पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend