Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पुँजीगत खर्चमा रुपन्देहीमै पहिलो बन्यो -गैडहवा गाउँपालीका


१२, भदौ २०८०
  • 201
    SHARES
  • पुँजीगत खर्चमा रुपन्देहीमै पहिलो बन्यो -गैडहवा गाउँपालीका

    रुपन्देही । रुपन्देहीका १६ वटा पालीकामध्ये गैडहवा गाउँपालीका पुँजीगत खर्चमा सबैभन्दा अगाडी देखिएको छ । पालीकाले २०७९/८० मा सम्पादित कार्यक्रम अन्तरगत पुँजीगत तर्फ ८७ प्रतीशत बजेट खर्च गर्दै बिकास निर्माणका कामलाई अघि बढाएको छ । 

    गैडहवा गाउपालीकाको आर्थिक बर्ष ७९/८० मा सम्पादित कार्यक्रमहरुको बार्षीक प्रगती समिक्षा गोष्ठीमा सिमित स्रोत साधनका बिचमा पनी पालीकाले पुँजीगत तर्फ ८७ प्रतीशत खर्च गर्ने पहिलो पालीका भएको बताएको छ  । 

    आगामी बर्ष यसलाइ बढाएर ९० प्रतीशत भन्दा माथी पुर्याउने गैडहवा गाउपालीकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। गैडहवापछी पुँजीगत खर्चमा सियारी गाउपालीकाले ८४ प्रतीशत खर्च गर्दै दोस्रो भएको छ  । स्थानीय सरकारलाई दिएको अधिकारको कार्यान्वयन गर्न भौतिक ,आर्थिक,सामाजिक बिकास गर्दै बिकास र समृद्धिको जनआकाङ्क्षा पुरा गर्ने प्रमुख दायित्व जनप्रतिनिधी , कर्मचारी लगायत हामी सबैको हो , बार्षीक प्रगती समिक्षा गोष्ठीमा बोल्दै पालीका अध्यक्ष पौडेलले भन्नुभयो – १ देखी ९ सम्मका बिभिन्न वडाले ९६ प्रतिशतसम्म बजेट खर्च गरेको र जनताको अती आबश्यक कामहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो।

    उहाँले १७ करोड ३५ लाखमा सुर्यपुरामा १५ शैयाको अस्पताल निर्माण भइरहेको र १ करोड ५० लाखमा नेपाली सेनाको आयोजनामा राष्ट्रपती चुरे संरक्षण कार्यक्रम अन्र्तरगत रुपन्देहीकै ठुलो गैडहवा ताल पुन निर्माण सम्पन्न भई पालीकालाई हस्तान्तरण भइसकेको बताउनुभयो । चालु खर्च ८२ प्रतीशत रहेको बताउदै पौडेलले  बिकास निर्माणको काममा ढिलासुस्ति गर्ने, समय लम्बाउने  र निर्धारीत मितीमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायीलाइ कारबाही गर्ने पनी जनाउनुभयो । 

    यस्तै प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पन्थिले सडक पिच, ढलान,ग्राभेल , स्तरउन्नती, नाली निर्माणका धेरै काम भएको भन्दै स्वास्थ्य ,शिक्षा तथा कृषी र रोजगारलाई ८०/८१ मा बिशेष प्राथमिकताका साथ अगाडी बढाएर लैजाने बताउनुभयो। उहाँले सार्वजनिक खर्च ब्यबस्थापनलाई नतिजामुखी बनाइदैँ बिकास आयोजना कार्यान्वयनलाई सहजीकरण गरिने बताउनुभयो। 

    पन्थिले समिक्षा गोष्ठीमा जिल्लामै पुँजीगत खर्चमा पहिलो पालीका बनाउन अहोरात्र खट्ने वार्डअध्यक्ष,वार्ड सदस्य, स्थानीय उपभोक्ता, कर्मचारीलाइ बिशेष धन्यबाद प्रकट गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषी,पशु, रोजगार,लेखा, सामाजिक बिकास र महिला बिकास, लघु उद्यम, आर्युवेद , भुमिहिन दलित भुमिहिन सुकुम्बासी, अब्यबस्थित बासोबासी शाखा ,पन्जिकरण लगायत बिभिन्न शाखाका प्रमुखहरुले आ-आफ्ना प्रगती बिबरण सुनाएका थिए । उनीहरुले समृद्ध गैडहवाको बिकासको नारालाइ आत्मसात गर्दै आम जनसमुदायको हितमा काम गर्ने प्रतीबद्धता जनाएका थिए ।

    यस्तै १ देखी ९ सम्मका वार्ड अध्यक्ष तथा वार्ड सचिबहरुले जनचाहना अनुरुप नागरिकहरुको घरदैलो सेवा प्रदान गर्ने आधारस्तम्भको रुपमा रहने स्थानीय तहको भुमिकालाइ प्रभाबकारी बनाइने दाबी गरे । गोष्ठीमा उपस्थित स्थानीयले समग्र गैडहवाको बिकासका लागी हातेमालो गर्न सदैब तत्पर रहेको बताएका थिए । पालीका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षता तथा सुचना अधिकारी गणेश भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।

    370619359_153406014471307_5908415895008953406_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend