Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

माओवादीले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेकोप्रति सांसदको आपत्ति


९, जेठ २०८०
  • 181
    SHARES
  • माओवादीले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेकोप्रति सांसदको आपत्ति

    काठमाडौं । एमालेका सांसद रघुजी पन्तले कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेकोप्रति आपत्ति जनाएका छन्। मंगलबार संसदको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीको पार्टी चुनाव जितेको पालिकाले कक्षा ६ देखि ८ कक्षासम्म माओवादी जनयुद्धबारे विभिन्न अध्याय राखेर कोर्समा राखेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। 

    उनले भने,‘यो काम कसैले नगरुन्, माओवादीले जनयुद्धको, एमालेले झापा विद्रोहबारे, कांग्रेसले १८ सालको सशस्त्र संघर्षबारे, राप्रपाले पञ्चायत र राजतन्त्रबारे कोर्स बुकमा राख्न थालियो भने आ-आफूले राम्रो हुँदैन।’

    गाउँपालिकाले हालै बनाएको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषयवस्तुहरू समेटेको हो।  गाउँपालिकाले तर्जुमा गरेको स्थानीय पाठ्यक्रम अनुसार 'हाम्रो पचालझरना' नामक पुस्तक तयार गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। अन्तिममा १० वर्षे जनयुद्ध भनेर आठ वटा खण्डहरू समावेश गरेको छ। 

     

    उनले डा. सन्दिक रोहितको जीवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको भन्दै शिक्षामन्त्रीलाई प्रश्न गरेका छन्। उनले पाठ्यक्रममा समावेश गर्न माग गरेका छन्।

     
     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend