कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट ४ लाख ५० हजार रुपैया भारतीय नोट सहित एक महलिा पक्राउ परेकी छन् ।
सोमबार कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङगेट स्थित प्रहरी अधिकृत समेतको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेकी पाल्पा बगनासकाली गाउपालिका ९ घर भई भारतको लखनउमा बस्दै आएकी ४५ वर्षीय राधा सारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा उनको झोला भित्र भारतीय ५०० दरको ९०० थान भा.रु. चार लाख पचास हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले बताए । सारुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।