Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलको एकवर्षे उपलब्धि : दुई अस्पताल निर्माण, ७ किलोमिटर सडक मर्मत


१०, जेठ २०८०
  • 116
    SHARES
  • बुटवलको एकवर्षे उपलब्धि : दुई अस्पताल निर्माण, ७ किलोमिटर सडक मर्मत

    बुटवल । बुटवल उपमहानगरपालिकाले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एमालेकी सावित्रादेवी अर्याल उपमेयर निर्वाचित भएका थिए ।

    उनीहरुले जेठ ९ गते कार्यप्रारम्भ गरेको एक वर्ष पुगेको अवसरमा ४९ बुँदे प्रगति सार्वजनिक गरेका हुन् । योजनाहरुको शिलान्यास तथा उद्घाटन, फुटपाथ तथा रिक्सा व्यवस्थापन, सुकुम्बासीहरुको तथ्याङ्क संकलन, बेरोजगारहरुको तथ्याङ्क संकलन लगायतका बुँदाहरुलाई एकवर्षे कार्यकालको उपलब्धिमा समावेश गरिएको छ ।

    बुटवल उपमहानगरपालिका–१३ र १७ मा निर्माण भएको १५/१५ बेडको अस्पताल आगामी साउनदेखि सञ्चालनमा ल्याउने मेयर पाण्डेले प्रतिवद्धता जनाएका छन् । त्यस्तै अत्याधुनिक पशु वधशाला सञ्चालनका लागि यसअघि अपनाइएको प्रक्रिया विधिसम्मत नदेखिएको भन्दै पुनः टेन्डर गरिएको कुरालाई पनि पाण्डेले उपलब्धिमा राखेका छन् । चालु आर्थिक वर्षमा ७ किलोमिटर सडक मर्मत भएको विषय पनि उपलब्धिमा राखिएको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend