Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुन्टीगढीद्वारा होलेरी बजार अनुगमन, चामलमा अखाद्य बस्तु फेला 


१६, भदौ २०८०
  • 390
    SHARES
  • रुन्टीगढीद्वारा होलेरी बजार अनुगमन, चामलमा अखाद्य बस्तु फेला 

    कमल खड्का ,रोल्पा । शुक्रबार रोल्पाको रुन्टीगढी गाउँपालिकाले बजार अनुगमन गरेको छ । उपाध्यक्ष सरिता के सीको संयोजकत्वमा रोल्पाको होलेरी बजार अनुगमन गरिएको हो । 

    पछिल्लो समय रोल्पाका केही बजारहरुमा चामल तथा खाद्य पदार्थमा मिसावट भएको भेटिएपछि बजार अनुगमन रुन्टीगढीमा तिब्र पारिएको हो । बजार अनुगमन गर्दा केही सामान म्याद नाघेको तथा चामलमा अखाद्य बस्तु मिसावट गरिएको भेटिएको छ । चामलमा अखाद्य बस्तु भेटिए पछि बेचबिखन गर्न बन्चित गरिएको छ भने म्याद नाघेको सामान तथा पिय पदार्थ नष्ट गरिएको छ । 

    म्याद नाघेका सामान रुन्टीगढी गाउँपालिकाको  वडा नः ५ मा रहेको होलेरी बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङ साईडमा लगेर नष्ट गरिएको हो । म्याद नाघेका सामानमा सबै भन्दा बढी पिय पदार्थहरु  रहेका थिए । म्याद नाघेको सामानहरु उपाध्यक्ष सरिता केसी को संयोजकत्वमा बसेको सर्वदलिए भेला तथा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएका प्रहरी टोली पालिका कर्मचारी र स्थानिय पत्रकारहरुको विचमा नष्ट गरिएको हो ।

    मिसावट भएको चामल केही समय अघि फेला पेरेको जस्तै चामल भएको हुदा नष्ट नगरी बेच्न प्रतिबन्द मात्र लगाइएको छ । केही समय अघि भेटिएको मिसावट भएको अखाद्य बस्तु ल्याब टेस्तको लागि लगीएको हुदा त्यसको नतिजा नआवन्जेल जिल्ला प्रसासनले नष्ट नगर्न आदेश दिए पछि बेच बिखनमा मात्र प्रतिबन्द्र लगाइएको हो । 

    होलेरी बजारको दाजुभाई सस्तो पसलबाट २५ केजीको ६७ बोरा चामल, जि बि स्टोरबाट २५ केजीको सत्यम चामल ८७ बोरा शक्तिमान २५ केजीको ३२ बोरा ,दिपेश सप्लायर्सबाट  सोना मन्सुली २५ केजीको ५ बोरा, होलेरी तरकारी तथा गल्ला पसलबाट सोना मन्सुली २५ केजीको २१ बोरा ,सुनिता स्टोरबाट २५ केजीको कस्तुरी चामल १८ बोरा, संगीता पसलबाट २५ केजीको सत्यम चामल ७ बोरा र अर्को एक किराना पसलबाट २५ केजीको सत्यम चामल १३ बोरा गरि २५० बोरा चामल फेला परेको छ ।

    त्यसैगरि अन्य सामानहरुमा कुरमुरे ४८ प्याकेट हेएर अयल १ डिब्बा बियर २७ वटा बोतल, सुजि २३ प्याकेट प्याज बिऊ २ प्याकेट, फ्यान्ट १७ प्याक,मिरिन्डा १६ प्याक, फन ७ प्याक,फिज  ५१ प्याक, माउन्टेन डिउ १८२ प्याक, चिसो ओरेन्ट २ प्याक, कोक ९ प्याक खाने तेल ८ प्याकेट,बिस्कुत ११७ प्याकेट र चकलेट १ डिब्बा म्याद नाघेका सामान फेला परेको थियो ।

    अनुगमनको बेला केही पसलहरु बिना दर्ता सञ्चालन भइरहेको पाइएकोले १० दिन भित्र दर्ता गरेर सञ्चालन गर्ने निर्देशन दिएको उपाध्यक्ष सरिता केसीले जानकारी दिनुभयो । त्यसैगरी चाडपर्व नजिकिदै गर्दा उपभोक्ता ठगिनबाट बचुन भन्ने उदेश्यले बजार अनुगमन गरिएको प्रशासन प्रमुख सानबाबु खड्काले बताउनुभयो ।

    371751057_558313189711840_4797990293248683937_n.jpg
    undefined
    371479216_1956585331378376_838976258260847168_n.jpg
    undefined
    371781878_977423270371178_8970192399322721377_n.jpg
    undefined
    371525725_155488207598438_6122663380463329986_n.jpg
    undefined

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend