Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारत जान प्रचण्डको तयारी


१०, जेठ २०८०
  • 182
    SHARES
  • भारत जान प्रचण्डको तयारी

    काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मूलक भारत जाने अन्तिम तयारी छन् । पहिलोपल्ट प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण थालेका प्रचण्डले काममा असहज महसुस गरेपछि यस पटक भारतबाट भ्रमणका शुरु गर्न लागेका हुन् । नेपालका प्रायस् प्रधानमन्त्रीहरु भारतबाट आफ्नो पहिलो भ्रमण गर्ने गरेका छन् । सोही क्रमलाई प्रधानमन्त्री प्रचण्डले निरन्तरता दिन चाहेका छन् । 

    प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी तीव्र बनाएको छ । मन्त्रालयले भारतसँग हुने वार्ताका लागि दुई पक्षीय एजेण्डाको तयारी गरिरहेको छ । प्रचण्डलाई चीनबाट भ्रमणको निम्तो आए पनि गएनन् । प्रचण्डलाई बोआओ फोरममा सहभागी हुन चिनियाँ राजदूत छन् सोङले निम्तो दिएका थिए । प्रधानमन्त्रीले चीनमा भएको बोआओ फोरममा नजाने निर्णय नेपालले नगरेको खुलाएका छन् । उनले चीनमा भएको बोआओ फोरममा चिनियाँ राजदूतले नै देशको अप्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताए। 

    उनले कुनै एक देशको पहिलो भ्रमण गर्नुपर्ने बाध्यता नरहेको बताएका छन् । उनले भनेका छन्, प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्ने कुरा त्यस्तो केही बाध्यता छैन । समय, परिस्थिति अनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण म आफैँ हो । म पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरबाट गरेको थिए । तर हाम्रो भूगोल, हाम्रो अर्थतन्त्र, हाम्रो खुला सीमाना, हाम्रा सबै खालका जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता थाहा छ। उनले समय, परिस्थिति अनुसार छिमेकी देशहरूको भ्रमण गर्ने पनि बताए । प्रधानमन्त्री दाहालले भूगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको बताए ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend