Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शरणार्थी प्रकरणले लाजपनि लजायो:गगन थापा


१०, जेठ २०८०
  • 217
    SHARES
  • शरणार्थी प्रकरणले लाजपनि लजायो:गगन थापा

    काडमाण्डौँ । काँग्रेस महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले उक्त प्रकरणको अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको भन्दै यसमा संलग्न कोही पनि छुट्न नहुने बताए।

    अहिले जसरी नामहरु आएका छन्, यसले लाजपनि लजाएको जस्तो भएको उनको भनाई छ। उनले भने, बाहिर आएका नामहरु हेर्दा जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हो कि जस्तो देखिएको छ,जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो, कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ।’ सरकारपछि न्यायालयको पनि परीक्षा हुने महामन्त्री थापाको भनाई छ । न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन,न्यायको अनुभूति हुनुपर्छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend