Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना  


२०, भदौ २०८०
  • 225
    SHARES
  • वालिङमा रक्त सञ्चार केन्द्र स्थापना  

    स्याङ्जा । स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो ।

    केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलासिस सेन्टर, प्रसुति गृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । यहाँ स्थापना भएको केन्द्रमार्फत स्याङ्जाको वालिङ, भीरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने छ । 

    “वालिङका बिरामीका लागि पाल्पा, पोखरालगायत ठाउँबाट रगत ल्याउनुपथ्र्यो”, उहाँले भन्नुभयो, “अब अस्पतालमै केन्द्र स्थापना भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ ।”

    वालिङमा रक्त सञ्चार केन्द्र आवश्यक देखिएपछि जिल्ला रेडक्रस सोसाइटीसँग समन्वय गरेर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको वालिङका नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । नगरपालिकाले केन्द्र स्थापना र सञ्चालनका लागि नीति, कार्यक्रम तथा बजेटमार्फत नै सम्बोधन गरेको उहाँको भनाइ छ । केन्द्रको व्यवस्थापन जिल्ला रेडक्रस सोसाइटीले गर्ने तथा अन्य काम नगरपालिका र अस्पताल प्रशासनले गर्ने  सहमति भएको रेडक्रसका जिल्ला अध्यक्ष दिनेश अर्यालले बताउनुभयो । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend