Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बदलिन सक्ला समीकरण ?


२३, वैशाख २०८०
  • 137
    SHARES
  • बदलिन सक्ला समीकरण ?

    काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नैतिक संकटमा परेका छन् । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नैतिक दबाबमा परेको पाईएको छ । शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड दबावमा परेका हुन् ।

    अब २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डको समर्थनमा कांग्रेसका ८८, माओवादीका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपा र नागरिक उन्मुक्तिका ४–४ तथा जनमोर्चा र आम जनता पार्टीका १–१ गरी १ सय ५८ सांसद रहेका छन्  । यसमा पनि जनमत, जनमोर्चा र आम जनता सरकारमा छैनन् । जनमत मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै चैत १७ गते सरकारबाट बाहिरिएको थियो । तर उनले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

    जतिबेला एमालेका शीर्ष तहका नेताहरुले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नलागेको बताउँछन् तब भित्रभित्र चलखेल भइरहेको दृष्टान्त बुझ्न सकिन्छ । यसअघि पुस १० को खेल पनि त्यसरी नै भएको थियो । १० गते बिहानसम्म पनि नेताहरुले एमाले सरकार बनाउने खेलमा नलागेको बताइरहेका थिए । तर भित्रभित्र अर्थात् मंसिरको तेस्रो सातादेखि तयारी तीव्र भइरहेको थियो । 

    अहिले पनि फेरि सोही क्रम चल्न थालिसकेको छ । यदि विश्वासको मत लिने अवस्था आयो भने समीकरण बदलिन सक्ने पनि बताइन्छ । यदि समीकरण बदलिने भयो भने जसपा सरकारबाट बाहिरिने छ र विपक्षी दलहरुका सरकार बन्न सक्ने सम्भावना रहन्छ । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा सत्ता गठबन्धनकै मतले चुनाव जितेकाले नैतिकताका आधारमा प्रचण्ड सरकार छाड्ने सम्भावना छैन । 

    यदि यादवले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने हो भने समीकरण बदलिन्छ । त्यो अवस्थामा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि त्यतै जान सक्ने सम्भावना हुन सक्छ । जनमतका महासचिव चन्दनकुमार सिंहले यस्तै अवस्था रहे समर्थन फिर्ता लिने अवस्था आउने जनाइसकेका छन् । उनले पर्ख र हेरको अवस्थामा रहेको पनि बताइसकेका छन् । 

    रास्वपाले समर्थन फिर्ता लिएसँगै विपक्षी मोर्चामा एमालेका ७९, रास्वपाका २१, राप्रपाका १४ र नेमकिपाका १ सहित विपक्षी बेन्चमा १ सय १५ सांसद रहने छन् । यो आँकडाले भने प्रचण्डलाई फरक पार्ने छैन । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले केही मत यताउति देखिए पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको संकट नभएको बताएका छन् । उनले विश्वासको मत लिनेबारे भने बाध्यता हुँदैन भन्ने आफूहरुको बुझाइ रहे पनि सत्ता साझेदार दल र संविधानविद्हरुसँग परामर्श लिने बताए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend