Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन


२०, भदौ २०८०
  • 134
    SHARES
  • राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन

    गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागीता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँपालिकाले सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो ।

    “शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षक तथा निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले भन्नुभयो, “त्यसले कोही पनि राजनीति कार्यक्रममा सहभागी हुन पाइँदैन । गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय सजाय हुन्छ ।”

    सामाजिक सञ्जालमार्फत राजनीतिक कार्यक्रममा शिक्षकको सहभागिता भएको सन्र्दभमा गाउँपालिकाको गम्भीर ध्यानकर्षण भएको भन्दै उहाँले सार्वजनिक गुनासो र चासोका आधारमा शिक्षकलाई सूचनामार्फत सचेत गराएको बताउनुभयो । प्रशासकीय अधिकृत उपरकोटीका अनुसार विद्यालयलाई राजनीतिक कार्यक्रमको आयोजनास्थल बनाइ राजनीतिक कार्यक्रम नगर्नरनगराउन पनि गाउँपालिकाले भनेको छ ।

    विभिन्न राजनीतिक दलका कार्यक्रममा गण्डकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका भवनकोसमेत प्रयोग भएको भन्ने सूचना तथा फोटो सामाजिक सञ्जालमार्फत कार्यालयलाई प्राप्त भएको भन्दै त्यसतर्फ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    विद्यालयको भवनमा राजनीतिक कार्यक्रम दिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्षले सोको जिम्मेवारी लिनुपर्ने भन्दै त्यसका लागि पालिकाले आवश्यक प्रक्रिया अघि बढाइ कारबाही गर्ने चेतावनी दिएको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend