Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मानव बेचबिखन विरुद्ध एकताबद्ध भएर आवाज उठाउन नसके अन्त्य गर्न सकिदैन: अध्यक्ष कोइराला


२०, भदौ २०८०
  • 220
    SHARES
  • मानव बेचबिखन विरुद्ध एकताबद्ध भएर आवाज उठाउन नसके अन्त्य गर्न सकिदैन: अध्यक्ष कोइराला

    काठमाडौं । मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । "सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचविखनको निर्मूल" भन्ने मूल नाराको साथ मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइएको हो । दिवसका अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लगायत विभिन्न संघसंस्थाले सचेतनामूलक र्‍याली समेत निकालेको थियो ।

    र्‍यालीपछि महिला मन्त्रालयद्धारा आयोजित कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मानव बेचबिखन विरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउन नसके यसको अन्त्य गर्न नसकिने बताउनुभयो । उहाँले पछिल्लो समय तस्करी पनि धेरै तरिकाले हुने गरेको भन्दै विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूका लागि यो समस्याका रूपमा खडा भइरहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यको एकल प्रयासले मात्र मानव बेचविखन जस्ता अपराधका घटनाहरु नियन्त्रण गर्न नसकिने भन्दै सबै संघ संस्थाको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले सरकारले नेपालको संविधान, मुलुकीय अपराध संहिता २०७४, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र नियमावली २०६५, बालबालिकासम्बन्धी ऐन २०७५, बाल श्रम निषेध र नियमन गर्ने ऐन २०५६, बैदेशिक रोजगारसम्बन्धी ऐन र नियमावली १५ औँ योजना, विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौतामार्फत मानव बेचबिखनलाई गम्भिर फौजदारी अपराधको रुपमा राखी यसको नियन्त्रणको लागि विभिन्न नीतिगत र संस्थागत कार्यक्रमको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो । 

    सोही अवसरमा मन्त्रालयले मानव बेचबिखन  तथा ओसारपसार रोकथाम र नियन्त्रणका लागि सञ्चार माध्यमबाट सचेतना अभिवृद्धि गर्ने कार्यमा सक्रीय भूमिका निर्वाह गरी पुर्‍याएको योगदानको कदर गर्दै नेपाल प्रेस युनियनका सचिव रेजिना गौतम (झापा) र प्रेस युनियनका केन्द्रीय प्रतिनिधि सीता डोटेल (पाल्पा) लगायतलाई सम्मान गरेको छ । 

    बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन गरेपछि नेपालमा २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवशको रुपमा मनाइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । 

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend