Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकाको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न


२०, भदौ २०८०
  • 214
    SHARES
  • परिवर्तन गाउँपालिकाको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न

    रोल्पा । गत आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य शाखा परिवर्तन गाउँपालिकाको आयोजनामा मंगलबार सुरु भएको कार्यक्रम बुधबार सम्पन्न भएको हो।

    परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षमा भएको सम्पन्न कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम.,वडाध्यक्षहरु र गाउँपालिका भित्रका

    स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सहजकर्ताको रूपमा स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी अरुण भिटुले गर्नु भएको थियो भने भिटुले परिवर्तन गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा अन्य पालिकाको भन्दा केही कुरामा राम्रो देखिएको बताउनुभयो। मैले तथ्यांकलाई हेर्दा त्यति राम्रो पनि नभएको र त्यति कमजोर पनि नभएको पाए-भिटुले भन्नुभयो ।

    स्वास्थ्य कार्यालय रोल्पाको बार्षिक समिक्षा पनि हुँदै छ,कुन पालिका राम्रो भन्ने त्यो कार्यक्रममा थाहा हुन्छ र अर्को कुरा परिवर्तन गाउँपालिका राम्रो भन्न मिल्दैन तर यति चाहिँ भन्न सकिन्छ,अन्य पालिका भन्दा बीचमा छ-उहाँले भन्नुभयो । परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम.ले स्वास्थ्य संस्थामा कार्यरत प्रमुख कर्मचारीहरुको दिन र रात नभनी कार्य सम्पादन गरेकाले आज गाउँपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था यहाँ सम्म आएको बताउनुभयो। मैले औषधि र भ्याक्सिनको बारेमा थाहा छैन हजुरहरुलाई थाहा छन-उहाँले भन्नुभयो ।

    पहिले हामीले सुन्थ्यौ सरकारी हस्पिटलमा जाने हो भने मर्छौ भनेको अहिले त्यो भ्रमको अन्त्य भएको छ र तपाई स्वास्थ्य कर्मीहरुलाई विश्वास गर्नुहुन्छ। फेरि थप्दै भन्नुभयो-अहिले परिवर्तन गाउँपालिकामा डेलिभरी सेवा लिनको लागि प्राइभेट क्लिनिक तिर गएको देखियो आगामी दिनमा सामुदायिक स्वास्थ्य संस्थाहरुमा सेवा लिन आएको देखियोस-उहाँले भन्नुभयो ।

    परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले हामीले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताउदै आज त्यसैको परिमाण स्वरुप परिवर्तन गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सुधार भएको बताउनुभयो। हामी अहिले आएको परिमाणलाई राम्रो सन्तोषजनक मान्न नसकिने बताउदै-उहाँले भन्नुभयो । मैले के सोच गरेको थिए भने आफ्नो पालिकामा मात्र नभई जिल्लाकै हिसाबले उत्कृष्ट पालिकामा आउने उद्देश्य रहेको समेत बताउनुभयो। साथै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा भएका कमी कमजोरीहरुलाई सुधार गरेर अगाडि बढ्न सकेमात्र लक्ष्यमा पुग्न सकिने बताउनुभयो।

    परिवर्तन गाउँपाकामा भएको बार्षिक समिक्षा कार्यक्रममा एक बर्ष सम्म भएका स्वास्थ्य संस्थाका प्रगति विवरण,स्वास्थ्य संस्थाले गरेका कार्यसम्पादन,स्वास्थ्य संस्थाले पुरा गर्नुपर्ने सुचक,संस्थाले लिएको अपेक्षा कतिको कार्यान्वयन भयो,आगामी दिनमा सुधार गर्नुपर्ने कुरा र आगामी दिनमा कसरी स्वास्थ्य संस्थालाई अगाडि बढाउने  लगायतमा छलफल गरी परिवर्तन गाउँपालिकाले आफ्नो बार्षिक समिक्षा कार्यक्रम सप्पन्न गरेको छ। 

    सम्पन्न कार्यक्रम सञ्चालन परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाका सह-संयोजक नन्दा बुढा मगरले गरेकी हुन। परिवर्तन गाउँपालिका भित्र रहेका पाँच स्वास्थ्य चौकी मध्ये एक स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य घोषणा समेत बताइएको छ। जसमा स्वास्थ्य संस्थाको ३२ सूचक र परिवर्तन गाउँपालिकाको ४ सूचक गरि जम्मा ३६ सूचक पूरा गर्दै स्वास्थ्य चौकी केवरी पहिलो भएको छ। ७२.४६ प्रतिशत प्राप्त गरी पहिलो भएको छ। स्वास्थ्य चौकी केवरीका प्रमुख नरसिंह वलीलाई नगद रु.४० हजार सहित प्रमाणपत्र,खाडा,माला र अबिर लगाएर सम्मान समेत गरिएको थियो। 

    दोस्रो कुरेली स्वास्थ्य चौकी भएको छ। कुरेलीले ७०.२३ प्रतिशत लिएको छ। तेस्रो राङ्सी स्वास्थ्य चौकी भएको। राङ्सीले ६४.७३ प्रतिशत लिएको छ। चौथो पाछाबाङ स्वास्थ्य चौकी भएको छ। पाछाबाङले ५४.३३ प्रतिशत लिएको छ। पाँचौ राङ्कोट स्वास्थ्य चौकी भएको छ। राङ्कोटले ५०.५० प्रतिशत लिएको छ।

    371546982_807943037738902_3317638657995021076_n.jpg
    undefined
    376369447_693200992179239_2887255822005353786_n.jpg
    undefined

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend