Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयानः नेपालीलाई शरणार्थी बनाउने सोच्नै सक्दिनँ


१०, जेठ २०८०
  • 116
    SHARES
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयानः नेपालीलाई शरणार्थी बनाउने सोच्नै सक्दिनँ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। अधिकारप्राप्त सरकारी अधिकारीसमक्षको बयानका क्रममा खाँणले आफूलाई आफ्नो मोबाइल फ्याक्ट्री रिसेट भएकोबारे पनि जानकारी नरहेको दाबी गरेका छन्।

    ‘भुटानी शरणार्थीको नाममा नेपालीलाई मिसाएर भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन। मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन,’ उनले भनेका छन्। गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदासमेत नेपालको छवि उच्च राख्ने काम गरेको उनको दाबी छ।

    बरु कोरोना संक्रमणले मुलुक आक्रान्त बनेको समयमा भुटानी र तिब्बतीयन शरणार्थीलाई भ्याक्सिन लगाउन पहल गरेको उनको भनाइ छ। आफ्नो उक्त कार्यको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेको पनि खाँणको दावी छ। उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य ठिक नभएकाले आफूले यस्तो कार्य सोच्न पनि नसक्ने बताएका छन्।

    उनले बयानमा भनेका छन्, ‘म मिति २०७८ साल असार महिनाको २९ गते देखि मिति २०७९ पुस महिना सम्म गृहमन्त्रीको रुपमा काम काम गरेको हुँ। म गृह मन्त्री रहँदा संविधान र कानूनको अधिनमा रही देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने लगायत मन्त्रीले गर्नु पर्ने काम ईमान्दारीपूर्वक सम्पादन गरेको हुँ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend