Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

 बार्षिक समीक्षामा रोल्पा स्वास्थ्य कार्यालय


२१, भदौ २०८०
  • 424
    SHARES
  •  बार्षिक समीक्षामा रोल्पा स्वास्थ्य कार्यालय

    रोल्पा । रोल्पा स्वास्थ्य कार्यालयले गत आर्थिक बर्ष २०७९/०८० मा गरेका सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीलाई निरन्तरता दिदै आएको छ । कार्यालयले रोल्पाका प्रत्येक स्थानीय तहहरुमा पुगेर गर्दै आएको हो। नगरपालिका र गाउँपालिकाहरुको स्वास्थ्य शाखाको आयोजनामा बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीलाई प्राथमिकता राखिएको छ। हालसम्म करिब ८० प्रतिशत स्थानीय तहहरुमा बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको बताईएको छ भने अझै २० प्रतिशत स्थानीय तहहरुमा बाँकी रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ। 

    स्वास्थ्य संस्थाले लिएको ३२ सूचक र स्थानीय तहको ४ सूचक गरी जम्मा ३६ वटा सूचकमा कति सुधार भए, नभएको एक बर्षसम्म स्वास्थ्य संस्थाले पुरा गर्नुपर्ने काम, लिएको लक्ष्य, भएका कमजोरी लगायतलाई आत्मसाथ गर्दै आगामी दिनमा सुधार गरी अगाडि बढ्नुपर्ने विषयमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुसँग छलफल गर्दै आएको छ।

    अहिलेसम्म माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका, रुन्टिगढी गाउँपालिका, परिवर्तन गाउँपालिका, सुनछहरी गाउँपालिका, सुनिलस्मृती गाउँपालिका, गंगादेव गाउँपालिकामा सम्पन्न भईसकेको र लुङ्ग्री गाउँपालिका थबाङ गाउँपालिकामा गर्न बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार रोल्पामा सबै स्थानीय तहहरुमा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएपछि आगामी असोजको पहिलो हप्ता स्वास्थ्य कार्यालय रोल्पाको बार्षिक समिक्षा हुने बताउनुभयो। 

    स्वास्थ्य कार्यालय रोल्पाको बार्षिक समिक्षा कार्यक्रममा रोल्पा जिल्लाका स्थानीय तहहरु मध्येबाट एक स्थानीय तहलाई उत्कृष्ट पालिका घोषणा गरिने स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक फोकलपर्सन अरुण भिटुले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, स्वास्थ्य संस्थाले निर्धारण गरेको सूचक र स्थानीय तहले निर्धारण गरेको सूचक कतिको पुरा भएको छ, त्यसको मूल्याकंनको आधारमा हामीले उत्कृष्ट पालिका घोषणा गर्ने छौँ । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend