Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हरितालिका तीज शुभकामना आदान प्रदान तथा तीज मिलन कार्यक्रम सम्पन्न


२३, भदौ २०८०
  • 1,203
    SHARES
  • हरितालिका तीज शुभकामना आदान प्रदान तथा तीज मिलन कार्यक्रम सम्पन्न

    रुपन्देही । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीले हरितालिका तीज  मिलन कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य  गंगा शाहीको प्रमुख आतिथ्यमा उक्त शुभकामना आदान प्रदान तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन कार्यवाहक अध्यक्ष  उत्तम कटुवाल, रुपन्देही नेपाली कांग्रेसका  पार्टी सभापति एवं तिलोत्तमा  नगर प्रमुख रामकृष्ण खांण,लुम्विनी प्रदेशसभा सदस्य जमुना ढकाल, नेपाल निजामति युनियन केन्द्रिय महासचिव जनक रावल,नेपाल निजामति कर्मचारी युनियन केन्द्रिय उपमहासचिव  गणेश भण्डारी,इन्दु शर्मा, तिलोत्त‌मा नगरसभापति हरिलाल पाण्डे,नेपाल निजामति कर्मचारी युनियन केन्द्रिय सदस्य बिनोद अधिकारी,नविन पन्थी, नेपाल निजामति कर्मचारी युनियन प्रदेश सचिव भगवती पन्थी,रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो । 

    WhatsApp Image 2023-09-09 at 15.38.47.jpeg

    त्यसैगरी कार्यक्रममा नेपाल कर्मचारी युनियन जिल्ला रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे,नेपाल कर्मचारी युनियन जिल्ला कपिलवस्तु अध्यक्ष भुक बहादुर आले, नेपाल कर्मचारी युनियन जिल्ला अर्घाखाँची अध्यक्ष  माधव अर्याल लगायत विभिन्न जिल्लाबाट उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि वक्ताहरुले तीजको महत्व बुझेर भड्किलो रहित मनाउन आग्रह गर्नुभएको थियो ।

    तिलोत्तमा नगरपालिका स्थित बोधीभिल्ला होटलमा सम्पन्न भएको कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीकी उपाध्यक्ष अनिता वि.क.थारु को अध्यक्षता र ऐश्वर्या आचार्यको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो । 

    WhatsApp Image 2023-09-09 at 15.38.45.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend