Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अनाथ आश्रमका बालबालिकाहरुसँग तीज मिलन कार्यक्रम सम्पन्न


२४, भदौ २०८०
  • 665
    SHARES
  • अनाथ आश्रमका बालबालिकाहरुसँग तीज मिलन कार्यक्रम सम्पन्न

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा १५,कोटिहवामा रहेको नेपाल अविनाश अनाथ आश्रमका बालबालिकाहरुलाई शनिवार नमस्ते नेपालले तीज मिलन कार्यक्रम गरि दर खुवाएको छ । शनिवार सहाराविहीन १९ जना बालबालिकाहरु,बाल क्लवका पदाधिकारीहरु  र नमस्ते नेपालको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

    सो कार्यक्रमका मुख्य अतिथि एवम् नमस्ते नेपालका सल्लाहकार दलबहादुर गुरुङले नमस्ते नेपाल सशंक्त सामाजिक संस्था रहेको र यसले हरेक विधामा रहेर युवाहरुलाई समेट्दै अघि बढेको बताउनुभयो। उहाँले सहाराविहीनहरुको सहारा बन्ने अभियानमा नमस्ते नेपाल सक्रिय रहेकोले अनाथ आश्रममा यस्तो पवित्र कर्म गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । 

    उक्त कार्यक्रममा १९ जना बालबालिकाहरुलाई विशाल न्यौपानेले आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रमलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नमस्ते नेपालका कार्यसमिति सदस्य विपीन नेपाललाई प्रशंसा-पत्रद्वारा सम्मान गरिएको थियो । 

    कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपाने,कलाकार बेनु थापा,सिद्धबाबा मन्दिर विकास समितिका सदस्य कृष्ण पाण्डेय र नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली,दीपेश कंडेलको सार्थक सहभागिता रहेको नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलले बताउनुभयो ।

    कार्यक्रममा मौलिक तीज गीत र नृत्य समेत सहभागीहरुले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष सुशील सुवेदीको स्वागत,सचिव सन्दिप क्षेत्रीको  सञ्चालन र अध्यक्ष मनीष भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    received_836560034798914.jpeg
    undefined

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend