Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धौलागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया


११, जेठ २०८०
  • 143
    SHARES
  • धौलागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

    बागलुङ : बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक  मेरुदण्डको शल्यक्रिया गरिएको छ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानका अनुसार मेरुदण्डको हड्डी भाँचिएका बागलुङकै एक ५२ वर्षीय पुरुषको बुधबार शल्यक्रिया गरिएको हो। 

    धौलागिरि अस्पतालका डाक्टरहरू विनीत ढकाल, समीर लामिछाने, प्रमेश थापा, राजन शर्मा, अमित ढुङ्गाना लगायतको टोलीले मेरुदण्डको शल्यक्रिया गरेको हो।

    ‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो। ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ,’ प्रधानले बताए।

    यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौं लगायतका ठाउँमा जाने गरेका थिए। महँगो उपचारका रूपमा मानिँदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ।

    पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपीडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ। अहिले यस अस्पतालमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्।

     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend