Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शम्शेरगञ्ज दुर्घटनाः मुख्यमन्त्री चौधरीद्धारा अस्पताललाई उपचारमा कमि नराख्न निर्देशन


२४, भदौ २०८०
  • 304
    SHARES
  • शम्शेरगञ्ज दुर्घटनाः मुख्यमन्त्री चौधरीद्धारा अस्पताललाई उपचारमा कमि नराख्न निर्देशन

    बाँके। बाँकेको शम्शेरगन्ज नजिक पुर्बपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीवहादुर चौधरी आइतवार अस्पताल पुग्नु भएको छ । दाङका विभिन्न धार्मीक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सकेर घर फर्किदै गरेको गाडी बाँकेको शम्शेरगञ्जमा सडकमा रोकिराखेको ट्रकमा ठोक्किर दुर्घटना हुँदा ७ जनाको मुत्यु भएको थियो,भने २३ जना घाइते भएका थिए । 

    मुख्यमन्त्री चौधरीले कोहलपुर मेडिकल कलेजमा उपचाररत १३ घाइतेहरुलाई प्रत्यक्षरुपमा भेटेर स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य अवस्था वारेमा जानकारी लिनु भएको हो । उपचाररत घाइते विरामीहरुलाई उपचारमा कमिकमजोरी आउन नदिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिनुभएको बताईएको छ । उपचाररत घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको उपचार र मृतकहरुको राहातका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन दिनुभएको छ। दुर्घटनाले बर्दियाको ठाकुरद्धारा नगरपालिकाबासीको निधनले शोकमा डुबेकोप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

    अस्पतालका प्रमुख सुनिल सिंहले उपचारमा कुनै पनि समस्या नआउने र उपचारलाई प्रभावकारी बनाइएको जानकारी बताउनु भएको छ। अस्पतालमा उपचार सम्भव नभएकालाई रिफर गरिएको र सम्भव भएकाहरुको उपचार कोहलपुरमै भइरहेको प्रमुख सिहले जानकारी दिनु भयो । नेपाली काँग्रेस संसदीय दलका नेता जन्मजय तिमिल्सिनाले उक्त दुर्घटनाले प्रदेश नै मर्माहत भएको भन्दै सरकार गम्भीर हुनु पर्ने बताउनु भएको छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend