Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल विद्यार्थी संघ रोल्पाको प्रथम कार्यसमिति बैठक सम्पन्न


२४, भदौ २०८०
  • 278
    SHARES
  • नेपाल विद्यार्थी संघ रोल्पाको प्रथम कार्यसमिति बैठक सम्पन्न

    रोल्पा। नेपाल विद्यार्थी संघ रोल्पाको प्रथम कार्यसमिति बैठक सम्पन्न भएको छ। आइतबार सुशील कोइराला स्मृति भवन नेपाली कांग्रेस रोल्पाको कार्यालयमा बैठक सम्पन्न भएको हो। नेपाल विद्यार्थी संघ रोल्पाका सभापति योगेन्द्र अनुपम जिसीको अध्यक्षतामा भएको बैठकमा नेपाल विद्यार्थी संघ रोल्पाका जिल्ला कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेकोे थियो। 

    नेपाल विद्यार्थी संघ रोल्पाको प्रथम कार्य(समिति बैठकले दुई/दुई महिना बैठक बस्ने,नेपाल विद्यार्थी संघ रोल्पालाई चलाएमान गराउने,संगठन विस्तारलाई थप प्रभावकारी गराउने,रोल्पा जिल्लामा रहेका स्थानीय तहका माध्यमिक विद्यालयमा संगठन विस्तार गर्ने,पालिका संयोजक नियुक्ति गरी थप संगठनलाई सशक्त ढंगले अगाडि बढाउने र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायत निर्णय गरिएको नेपाल विद्यार्थी संघ रोल्पाले जानकारी दिएको छ।

    त्यस्तै नेपाल विद्यार्थी संघ रोल्पाको प्रथम बैठकले रोल्पा नगरपालिका,सुनिल स्मृति गाउँपालिका,लुङ्ग्री गाउँपालिका,सुनछहरी गाउँपालिका,थबाङ गाउँपालिका,परिवर्तन गाउँपालिका,माडी गाउँपालिका र गंगादेव गाउँपालिकामा संयोजकहरु पनि टुंगो लगाएको छ। त्रिवेणी गाउँपालिका र रुन्टिगढी गाउँपालिकामा पनि छिट्टै नेपाल विद्यार्थी संघका संयोजक टुंगो लगाउने बताइएको छ।

    375702830_767114371840615_7324072219054471656_n.jpg
    undefined

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend