Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रेम राईदेखि बादलमाथि अनुसन्धान गर्ने बाटो खुल्ला


११, जेठ २०८०
  • 139
    SHARES
  • प्रेम राईदेखि बादलमाथि अनुसन्धान गर्ने बाटो खुल्ला

    काठमाण्डौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई लगायतका व्यक्तिमाथि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । 

    बुधबार साँझ सरकारी वकिल कार्यालयले प्रहरीलाई पत्राचार गर्दै सो बाटो खुला गरेको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेपछि अन्यको हकमा पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको हो । सरकारी वकिलले बयानको क्रममा अभियुक्तहरूले बयानमा खुलाएका व्यक्तिहरूको हकमा पनि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो । 

    ‘हामीले कुनै पनि व्यक्तिको नाम लिएर अनुसन्धान गर्नु भनेका छैनौं । तर बयानको क्रममा आएका जति सबै व्यक्तिहरूमाथि थप अनुसन्धान गर्नू भनेका छौं,’ प्रमुख सरकारी वकिल एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने । 

    प्रहरीको अनुसन्धानबाट अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित लगायतलाई अनुसन्धान गर्ने संभावना बढेको छ । सरकारी वकिलले यस प्रकरणमा ३० जनाविरूद्ध मुद्दा चलाउनुपर्ने उल्लेख गरेको छ । १६ जना पक्राउ परेका छन् भने बाँकीलाई फरार करार गरेको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend