Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

“ शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता हुँदैन” : प्रहरी प्रमुख राठौर


२५, भदौ २०८०
  • 196
    SHARES
  • “ शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता हुँदैन” : प्रहरी प्रमुख राठौर

    अर्घाखाँची। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले समाजका हरेक गतिविधिमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । 

    सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक राठौरले पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले आफू जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा रहुन्जेल नागरिकको शान्ति सुरक्षाको सवालमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

    कानुन विपरीत गर्ने जो कोही भएपनि नछाड्ने भन्दै उहाँले भन्नुभयो “ढुक्कसाथ बस्नुहोला, शान्ति सुरक्षा अपराध नियन्त्रण गर्ने र गराउने काममा कुनै कसर बाँकी छाड्दैनौँ ।”

    राठौरले पत्रकार र प्रहरीको काम जनता र नागरिकका लागि रहेको भन्दै प्रहरीले पत्रकारलाई चाँडो भन्दा चाँडो सूचना दिन तयार रहेको तर घटनाबारे प्रहरीसँग भेरिफाइ गरेर मात्र सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो। साथै समाजमा रहेका अनैतिक कार्यको सूचना पत्रकारहरूलाई छिटो आउने भन्दै राठौरले त्यस्ता सूचना प्रहरीलाई उपलब्ध गराउन पनि अनुरोध गर्नुभयो । 

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend