Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुङ्ग्री गाउँपालिकामा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न


२६, भदौ २०८०
  • 392
    SHARES
  • लुङ्ग्री गाउँपालिकामा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न

    रोल्पा। रोल्पाको लुङ्ग्री गाउँपालिकामा पत्रकार कार्यक्रम सम्मेलन सम्पन्न भएको छ। लुङ्ग्री गाउँपालिका गाउँ-कार्यपालिकाको मिति २०८० श्रावण २१ गतेको निर्णयको केही बुँदाहरु लगायत विविध समसामयिक विषयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम लुङ्ग्री गाउँपालिकाको केन्द्र किलाचौरमा सम्पन्न भएको छ। 

    सोमबार नेपाली कांग्रेस लुङ्ग्री गाउँकार्य समिति किलाचौर रोल्पाको आयोजनामा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको हो। लुङ्ग्री गाउँपालिकाको गाउँ कार्यपालिकाको श्रावण २१ गते बसेको बैठकले आर्थिक अभाव भएको कारण देखाउदै लघु उद्यमीमा कार्यरत दुई जना महिला कर्मचारी,स्वास्थ्य संस्था कार्यरत एक पुरुष र एक महिला कर्मचारी अर्को बहुक्षेत्रीय पोषण कार्यक्रमका पोषण सहजकर्ता सहित पाँच जना करार कर्मचारी हटाएको छ ।

    त्यस्तै निवर्तमान प्रमुख प्रशासकीय अधिकृतले पोषण सहजकर्तालाई हाजिर गराउन परिपत्र गरेको र हाजिर भएको पछिल्लो दिन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउन नेपाली कांग्रेस लुङ्ग्री गाउँपालिकाका सभापति जनक खड्काले बताउनुभयो। 

    श्रावण २१ गतेको गाउँ कार्यपालिकाको बैठकमा आफू बाहिर भएकोले कुनै जानकारी नदिई गाउँपालिका अध्यक्ष एकलौटी रूपमा अगाडि बढेको लुङ्ग्री गाउँपालिका-२ का वडा अध्यक्ष अमृत घर्ती मगरले बताउनुभयो।

    उहाँले गाउँपालिका सञ्चालन गर्न लिइएको भाडाको घरको मासिक २३ हजार दिने निर्णय गर्दा समेत आफूलाई जानकारी नगराइएको बताउनुभयो। अहिले लुङ्ग्री गाउँपालिकाले एकलौटी रूपमा सत्ता लाद्न खोजेको देखिन्छ नेपाली कांग्रेस क्षेत्र नं।१(क)का सभापति दुर्गा बहादुर खड्काले बताउनुभयो। 

    संघ र प्रदेशमा गठबन्धनको सरकार भएको र रोल्पाको सन्दर्भमा भने स्थानीय तह निर्वाचनमा गठबन्धन हुन नसकेको बताउदै पछी प्रतिनिधि सभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरि अगाडि बढेको र अहिले पनि त्यो निरन्तर जारी रहेकोले लुङ्ग्री गाउँपालिकामा भने त्यसलाई बेवास्ता गरि स्थानीय सरकार अगाडि बढेको बताउनुभयो।

    म लुङ्ग्री गाउँपालिकाको संस्थापक अध्यक्ष हुँदा अहिलेका तत्कालीन गाउँपालिका अध्यक्ष उतिबेला वडाध्यक्ष हुनुहुन्थ्यो,त्यो बेला पनि मैले गरेका निर्णयमा असन्तुष्टि जनाउने र ढिला निर्णय गर्नुभएको थियो,उहाँले भन्नुभयो।

    अहिले त झन् उहाँ सत्तामा हुनुहुन्छ र एउटा कुरा ख्याल गर्नुपर्ने हो तर उहाँले अहिलेसम्म त्यसलाई ध्यान नदिई आफ्नो पालिकामा प्रतिपक्षी दल समेत नभएको जसरी अगाडि बढेको जिकिर गर्नुभयो। फेरि थप्दै भन्नुभयो,हिजो उहाँहरुको उद्देश्य के थियो भन्दा सर्वहारा वर्गको नेतृत्व गर्छौ भन्नु भएको थियो तर आज त्यसको ठिक विपरीत भएको बताउनुभयो।

    लुङ्ग्री गाउँपालिकामा केहीले दुईवटा घर,गोठमा जस्ता पाता पाएको र केहीले बङ्गुर खोरमा समेत जस्ता पाता मिलाएको बताउदै,एक व्यक्तिको घर पहिरोले क्षति गरि अहिले पाल मुनी बसी रहदा पनि स्थानीय सरकारले नदेखेको जस्तो गरिरहेको छ,उहाँले भन्नुभयो।

    पछिल्लो समय लुङ्ग्री गाउँपालिकाको शिक्षा,स्वास्थ्य,विकास निर्माण,सवारी साधन लगायत हरेक क्षेत्रमा बेथिति हुन थालेको समेत बताउनुभयो। पालिकाका किसानहरु पनि निराश भएका छन हाइपर भन्ने संस्थाको ३० प्रतिशत लगानी र गाउँपालिकाको ७० प्रतिशत लगानीमा अहिले कृषि कार्यक्रम भएको र त्यो संस्थाको काम प्रति कुनै पनि कृषक खुशी नभएको र अहिले अनुदान समेत पाउन छोडेको बताउनुभयो।

    सहभागी केही पत्रकारहरुले राखेका जिज्ञासामा खड्काले आफूहरूले गाउँपालिकामा बिरोध नभई नेतृत्वलाई आफ्नो गल्ती कमजोरीलाई सुधार गर्नका लागि र आगामी दिनमा अन्य गल्ती नगर्नको लागि सचेत र सजग गराउन पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। 

    यदि साच्चिकै आफूहरूसँग गाउँपालिका सहकार्य गर्न तयार भए आफूहरू पनि सहयोग गर्न इच्छुक रहेको खड्काले बताउनुभयो। हाम्रो पनि चाहना हो,विकास निर्माणमा सुस्त,दुष्ट राखी लुङ्ग्री गाउँपालिकालाई समृद्धि बनाउने हो,उहाँले भन्नुभयो।यद्यपि आगामी दिनमा पनि आफूहरूलाई  कुनै जानकारी नदिई एकलौटी रूपमा अगाडि बढ्न खोजेमा बारम्बार पत्रकार सम्मेलन गर्न तयार हुने समेत बताउनुभयो।

    376391816_6421292537997801_4466060443808439258_n.jpg
    undefined
    375754308_2952810164852907_254173083355977666_n.jpg
    undefined

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend