Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गुल्मीमा सम्बन्धविच्छेदका घटना बढदो 


२६, भदौ २०८०
  • 268
    SHARES
  • गुल्मीमा सम्बन्धविच्छेदका घटना बढदो 

    गुल्मी । गुल्मी जिल्ला अदालतमा गत आर्थिक वर्षमा ७३ पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।

    आर्थिक वर्ष २०७९/८० मा  सम्बन्धविच्छेदसम्बन्धी परेको कुल ३८२ मुद्दामध्ये ७३ जना पुरुषले दर्ता गरेको अदालतका तह सिलदार रामबहादुर कुँवरले जानकारी दिनुभएको छ ।

    ७३ मध्ये ५६ मुद्दा फर्छ्योट भएको र १७ बाँकी छ। मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले सोझै अदालतमा गई सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने भएपछि यो क्रम बढेको कुँवरले बताउनुभयो।

    श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीको परपुरुषसँग सम्बन्ध, आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडालगायत कारण पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेको कुँवरको भनाइ छ।

    यस्तै महिलाहरूले पुरुषसँग सम्बन्धविच्छेद गरी पाऊँ भनी दिएको ३०९ थान मुद्दामध्ये २७२ थान फर्छ्योट भएको र ३७ थान मुद्दा फर्छ्योट गर्न बाँकी रहेको अदालतले जनाएको छ  । महिलाहरुले पुरुषसँग सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्नुमा घरेलु हिंसा, कुटपिट लगायत कारण रहने गरेको अदालतले जनाएको छ।

    गत आर्थिक वर्षमा जिल्ला अदालतमा ७१२ थान मुद्दा रहेकोमा ५७६ थान मुद्दा फर्छ्योट भएको र बाँकी १३६ मुद्दा रहेको अदालतले जनाएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend