Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मानहानी भयो, मुद्दा हाल्छौं:मुकुल ढकाल


११, जेठ २०८०
  • 220
    SHARES
  • मानहानी भयो, मुद्दा हाल्छौं:मुकुल ढकाल

    काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग पैसा लिएको भन्ने पुष्टि गर्न चुनौती दिएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मानहानीको मुद्दा दर्ता गर्नेसमेत बताएका हुन् ।

    ‘मैले र पार्टी उपसभापति डिपी अर्यालले ढाकाकुमारसँग सांसद बन्न पैसा लिएको भन्ने केही सञ्चारमाध्यममा समाचार आएको छ,’ उनले लेखेका छन्, ‘यसलाई कसैले पुष्टि गरे हामी सजाय भोग्न तयार छौं ।’ उनले श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको बताउँदै यसबाट आफ्नो मानहानी भएकाले मुद्दा हाल्नेसमेत बताए ।

    ‘केही सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ ।

    यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावी गरि मुद्दा दर्ता गर्नेछौँ । साथै उनले फेसबुकमा लेखेका छन्, अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।

    यस्तो लेखेका छन् स्टाटस

    केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले (DP Aryal) ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend