Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलबस्तुमा १ अर्ब लगानीमा करेन्ट चाउचाउको अर्काे युनिट


११, जेठ २०८०
  • 210
    SHARES
  • कपिलबस्तुमा १ अर्ब लगानीमा करेन्ट चाउचाउको अर्काे युनिट

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करेन्ट र लाली लगायतका विभिन्न ब्रान्डमा चाउचाउको उत्पादन गर्दै आएको यशोदा फुड्स प्रालिले कपिलवस्तुको चनौटामा अर्को उद्योग सञ्चालनमा ल्याउने भएको छ । करेन्ट ब्रान्डका चाउचाउको माग अत्यधिक हुन थालेपछि यशोदा फुड्सले यही ब्रान्ड उत्पादन गर्न अर्को उद्योगको स्थापना गर्न लागेको हो । यशोदा फुड्सले तिलोत्तमामा उद्योग सञ्चालन गर्न थालेको ६ वर्ष पनि पूरा नहुँदै कपिलवस्तुमा अर्को युनिट थप्ने भएको हो ।

    करेन्ट चाउचाउ र यसको हट एन्ड स्पाइसी गरी दुबै ब्रान्डको माग बजारबाट धेरै आइरहेको र त्यसैले अर्को उद्योग ल्याउनु परेको उद्योगका सञ्चालक चुन्नुप्रसाद पौडेलले बताए । उनले यशोदा फुड्सले करेन्ट ब्रान्डमा गुन्द्रुक र सिन्कीको स्वाद तथा सुगन्धमा पनि चाउचाउ उत्पादन गरिरहेको र बजारमा यसको माग पनि अत्यधिक भएको दाबी गरे । उनले करेन्ट ब्रान्डका चाउचाउको माग भारतीय बजारमा पनि राम्रो भएकाले नियमित रूपमा निर्यात भइरहेको बताए । सञ्चालक पौडेलले चनौटामा ४ बिघा जमिन खरिद गरेर यशोदा फुड्सले २०७९ माघ देखि पूर्वाधार निर्माणको काम गरिरहेको जानकारी दिए ।

    पौडेलले आगामी सन २०२४ देखि नयाँ उद्योगबाट उत्पादन शुरु हुने बताए । यसका लागि चीनबाट चाउचाउका मेसिन आयात गर्ने काम भइरहेको छ । तिलोत्तमामा भएको उद्योगमा चाउचाउका साथ विभिन्न प्रकारका स्न्याक्सको उत्पादन गरिन्छ। तर चनौटामा भने चाउचाउको मात्र उत्पादन गरिनेछ । उद्योगले वार्षिक साढे १२ हजार टन चाउचाउ उत्पादन गर्नेछ । सञ्चालक पौडेलले उद्योगको स्थिर पुँजी ८४ करोड भएको र चालु पुँजीसहित १ सय करोडभन्दा बढी लगानी हुने देखिएको बताए ।

    उनले कपिलवस्तुको नयाँ प्लान्टमा ३ सय जनाभन्दा बढीले रोजगारी पाउने बताए । कपिलवस्तुको चनौटामा उत्पादन सुरु भएपछि यशोदा फुड्सले कोशी प्रदेशमा चाउचाउकै अर्को युनिट थप्ने लक्ष्य राखेको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend